माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू | ईमाउण्टेन समाचार

Our Network

साउन २७ २०७९, शुक्रबार

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू

काठमाडौं । नेकपा माओवादी केन्द्रको माओवादी केन्द्रको केन्द्रीय समिति बैठक राष्ट्रियसभा गृहमा सुरू भएको छ । बिहान ११ बजे तय गरिएको बैठक २ घण्टापछि सुरू भएको हो । माओवादीको आजको केन्द्रीय समिति बैठकको प्रमुख एजेण्डा पदाधिकारी चयनको छ । त्यस्तै, एमसीसी अनुमोदनपछि बढेको आन्तरिक असन्तुष्टीले बैठकमा प्रवेश पाउने बताइएको छ ।

एमसीसीमा असन्तुष्ट नारायणकाजी श्रेष्ठलगायतका केही नेताले छुट्टै छलफल चलाइसकेका छन् । केन्द्रीय कमिटीमा कुरा राखेर पार्टीभित्रै संघर्ष गर्ने वा छुट्टै पार्टी गठन गर्नेसम्मको विकल्पमा उनीहरू छन् ।

Leave a Reply