शक्तिशाली भूकम्पले हल्लियो चीनको गान्सु प्रान्त,९५ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८०, मंगलबार

शक्तिशाली भूकम्पले हल्लियो चीनको गान्सु प्रान्त,९५ जनाको मृत्यु

एजेन्सी,३ पुस । चीनको गान्सु प्रान्तमा सोमबार राति शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको तीव्रता रिक्टर स्केलमा ६.२ मापन गरिएको छ । चाइना अर्थक्वेक नेटवर्क सेन्टर (ऋभ्ल्ऋ)का अनुसार सोमबार राति करिब १२ बजेतिर पश्चिमी चीनको गान्सु प्रान्तमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

समाचार एजेन्सी एएफपीका अनुसार चीनको गान्सु प्रान्तमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या ९५ पुगेको छ । २०० भन्दा बढी घाइते भएका छन् ।

भूकम्पको तीव्रता यति धेरै थियो कि धेरै भवनहरु ध्वस्त भएको खबर आएको छ । भवनहरु भत्किँदा धेरै मानिसहरु भग्नावशेषमुनि दबिएका छन् । किङ्हाइ प्रान्तको मिन्हे काउन्टी र जुन्हुआ सालार स्वायत्त काउन्टीमा दुई जनाको मृत्यु भएको छ।

एस जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु चीनको लान्झाउबाट १०२ किलोमिटर दक्षिणपश्चिममा ६ माइल गहिराइमा थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);