नोभेम्बरमा भारतको निर्यात १.२३ प्रतिशतले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नोभेम्बरमा भारतको निर्यात १.२३ प्रतिशतले बढ्यो

money

एजेन्सी,२ पुस । सङ्घीय वाणिज्य तथा उद्योग मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नोभेम्बरमा भारतको समग्र निर्यात करिव ६२.५८ अर्ब अमेरिकी डलर रहेको अनुमान गरिएको छ । जुन गत वर्षको तुलनामा १.२३ प्रतिशतले बढेको छ ।

गत वर्षको सोही अवधिमा १४ अर्ब ३६ करोड डलरको तुलनामा अप्रिलदेखि नोभेम्बरसम्ममा विद्युतीय वस्तुको निर्यात २३.५६ प्रतिशतले बढेर १७ अर्ब ७४ करोड डलर पुगेको छ ।

यसैबीच अप्रिलदेखि नोभेम्बरसम्मको समग्र व्यापार घाटा गत वर्षको १०० अर्ब ३८ करोड डलरको तुलनामा यस वर्षको सोही महिनामा ३८.७९ प्रतिशतले बढेर ६१ अर्ब ४४ करोड डलर पुगेको छ । व्यापार घाटा पनि अप्रिल–नोभेम्बर २०२२ को १८९.२१ बिलियन डलरबाट सन् २०२३ को अप्रिल–नोभेम्बरमा १६६.३५ बिलियन डलरमा पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);