काठमाडाैँमा पूर्वी एसियाका मेडिकल विद्यार्थीहरुको सम्मेलन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडाैँमा पूर्वी एसियाका मेडिकल विद्यार्थीहरुको सम्मेलन सुरु

काठमाडाैँ, ८ माघ । काठमाडाैँमा पूर्वी एसियाका मेडिकल विद्यार्थीहरुको सम्मेलन सुरु भएको छ ।  मेडिकल क्षेत्रका नयाँ–नयाँ अवधारणाबारे जानकारी गराउने उद्देश्यका साथ नेपालमा पहिलो पटक यो सम्मेलन आयोजना गरिएको हो ।

मातृ शिशु स्वास्थ्यमा केन्द्रित भएर सम्मेलन आयोजना गरिएको एशिया मेडिकल विद्यार्थी महासंघका अध्यक्ष डा. सन्तोष उपाध्यायले जानकारी दिए ।

सम्मेलनमा पूर्वी एसियाका मेडिकल क्षेत्रका विज्ञहरु सहभागी भएका छन् । सम्मेलनमा नेपालका सय जना र अन्य देशका २ सय १६ जना मेडिकल क्षेत्रका विज्ञहरु सहभागी छन् । ६ दिनसम्म चल्ने सम्मेलनमा नेपालको मेडिकल क्षेत्रको समस्या र त्यसका समाधानका उपायका विषयमा पनि छलफल हुने बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);