भिल्लारिएलको नतिजाले जिदानमाथि दबाब | ईमाउण्टेन समाचार

Our Network

माघ ५ २०८१, शनिबार

भिल्लारिएलको नतिजाले जिदानमाथि दबाब

काठमाडौं, ८ माघ । मड्रिड एएफपी भिल्लारिएलले शनिबार लेभान्टेमाथि २–१ को जित हासिल गरेपछि रियाल मड्रिडलाई उछिन्दै स्पेनिस ला लिगाको चौथो स्थानमा उक्लिँदा साबिक विजेता रियालका प्रशिक्षक जिनेदिन जिदानमाथिको दबाब बढेको छ ।घरेलु मैदानमा म्यानुअल ट्रिगोरसको गोलमा २६औं मिनेटमा अग्रता लिएको भिल्लारिएलका लागि ५०औं मिनेटमा डेनिस चेरिसेभले दोस्रो गोल गरेका थिए । रोजरले इन्जुरी समयमा लेभान्टेका लागि एक गोल फर्काए पनि भिलारिएललाई ३ अंक एकतर्फी पार्नबाट रोक्न त्यो पर्याप्त भएन ।

दुई खेलाडीले रातो कार्ड सामना गरेपछि भ्यालेन्सियाले कमजोर मानिएको लस पाल्मससँग २–१ को स्तब्धतापूर्ण हार भोग्नुप¥यो । एट्लेटिको मड्रिड जिरोनासँग १–१ को बराबरीमा सीमित भएपछि शीर्ष स्थानको बार्सिलोनासामु अग्रता ११ अंकले फराकिलो पार्ने मौका मिलेको छ ।

लस पाल्मस भ्रमणमा निस्कँदा सान्ती मिनाको गोलबाट भ्यालेन्सियाले पाँचौं मिनेटमै अग्रता लिएको थियो । २०औं मिनेटमा जोनाथन भिइराले गोल गरेपछि घरेलु टोली लास पाल्मसले खेल बराबरीमा ल्यायो । तर ग्याब्रिअल पाउलिस्टाले ५२औं मिनेटमा दोस्रो पहेंलो कार्ड सामना गरेपछि मैदान छोडेर बाहिर निस्किँदा भ्यालेन्सिया १० खेलाडीमा सीमित भयो । पाउलिस्टाले पेनाल्टी बक्सभित्र नियतवश हातले बल छोएपछि रातो कार्ड सामना गरेका थिए । त्यही कारण विपक्षीले पेनाल्टीको मौका पाउँदा जोनाथन कालेरीले लस पाल्मसलाई २–१ ले अघि बढाए ।

समय सकिन तीन मिनेट बाँकी रहँदा रुबेन भेजोले जोनाथन कालेरीमाथि कुहिनाले प्रहार गर्दा दोस्रो पहेंलो कार्डसँगै रातो कार्ड सामना गरे । जसका कारण भ्यालेन्सिया ९ जनामा सीमित भयो र टोलीको पुनरागमन जनाउने लक्ष्य पूरा भएन ।सेभियाले फ्रांको भाज्क्युज, पाब्लो साराबिया र लुइस मरियलको गोलमा स्पान्योलमाथि ३–० को विजयी नतिजा निकाल्दा स्पेनिस ला लिगामा शनिबारै सम्पन्न अर्को खेलमा गेटाफे र एथलेटिक बिल्बाओले २–२ को बराबरी नतिजा निकाले ।

इनाकी विलियम्सले १३औं मिनेटमै गोल गरेपछि गेटाफे भ्रमणमा निस्केको बिलबाओले अग्रता लिएको थियो । जर्ज मोलिनाले २१औं मिनेटमा गोल गर्दै गेटाफेलाई बराबरीमा ल्याए । राउल गार्सियाले ४८औं मिनेटमा प्राप्त पनोल्टीलाई गोलमा परिणत गर्दै बिलबाओलाई दोस्रो पटक अग्रता दिलाएका थिए । तर एन्जेल रोडरिग्वेजले समय सकिन १६ मिनेट बाँकी रहँदा गोल गरेर गेटाफेका लागि अंक बाँड्न सफल भए । यसबीचमा जर्ज मोलिनाले ५१औं मिनेटमा प्राप्त पेनाल्टीको मौका चुकाउँदा गेटाफे सम्भावित जितको अवसरबाट वञ्चित हुनुपरेको थियो ।आजको नागरिक दैनिकमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);