दमक,८ माघ । इलामको चुलाचुली गाउँपालिका ३ स्थित पेल्टीमारीमा आइतबार दिउँसो जंगली हात्तीले कुल्चिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका बस्ने ५२ वर्षीय सोमनाथ भण्डारी गिरी रहेको प्रहरी चौकी पोल्टिमारीले जनाएको छ ।
दिउँसो करिब साढे तीन बजेको समयमा आफ्नै बारीमा पानी लगाउँदै गरेका भण्डारीलाई जंगलबाट निस्किएको हात्तीले अचानक आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट गम्भीर बनेका भण्डारीलाई उपचारका लागि झापातर्फ ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरी चौकी पोल्टिमारीले जनाएको छ ।आजको अन्नपुर्णपोष्टमा यस्तो खवर छ ।