आज तराईमा हुस्सु, हिमाली भेगमा हिमपातको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

जेठ १९ २०८१, शनिबार

आज तराईमा हुस्सु, हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं,२४ मंसिर । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

तराईका थोरै स्थानहरूमा हुस्स÷कुहिरो लागेको छ । आज दिउँसो कोशी, वागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);