बाला चतुर्दशीको पूर्वसन्ध्यामा आज पशुपतिनाथमा महादीपदान गरिँदै | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

बाला चतुर्दशीको पूर्वसन्ध्यामा आज पशुपतिनाथमा महादीपदान गरिँदै

काठमाडौं, २४ मंसिर । बाला चतुर्दशीको पूर्वसन्ध्यामा आज पशुपतिनाथ परिसरमा महादीपदान गरिँदैछ । आफ्ना पितृका नाममा प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीमा महादीपदान र चतुर्दशीका दिन बिहान शतबीज छर्ने सनातन हिन्दुको परम्परा छ ।

श्रद्धालुहरु त्रयोदशीका साँझ दीप बालेर रातभर जाग्राम बस्ने र बिहान बागमतीमा सेलाएर स्नान गरी पाशुपत क्षेत्रमा शतबीच छर्ने गर्छन् । १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्नाले पितृको मुक्ति हुने विश्वास छ । यसैगरी शतबीजको प्रत्येक दान एक रति सुवर्णदान समान हुने बताइएको छ ।

देशका विभिन्न भागबाट आएका श्रद्धालुले दीप कुर्ने क्रममा राति भजनकीर्तन गरेर चुड्का गाएर रात बिताउने गर्दछन् । पछिल्लो समय आफ्नो नजिक रहेका शिवालयमा पनि शतबीज छर्ने प्रचलन रहेको छ । बालाचतुर्दशीका अवसरमा पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा दीप प्रज्ज्वलनदेखि मुख्य क्षेत्रमा शतबीज छर्ने व्यवस्था मिलाएको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);