आज बाला चतुर्दशी, पशुपतिनाथ क्षेत्रमा सबेरैदेखि शतबीज छरेर मनाइयो | ईमाउण्टेन समाचार

Our Network

साउन २१ २०८३, शुक्रबार

आज बाला चतुर्दशी, पशुपतिनाथ क्षेत्रमा सबेरैदेखि शतबीज छरेर मनाइयो

Balachaturdasi satbiz

काठमाडौं, २५ मंसिर । आज मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात् बाला चतुर्दशी पशुपतिनाथ क्षेत्रमा सबेरैदेखि शतबीज छरेर मनाइएको छ । आइतबार साँँझ श्रद्धालु पितृका दीप बाली रातभर जाग्राम बसेकाहरुले पशुपतिनाथ क्षेत्रमा सबेरैदेखि शतबीज छरेका हुन् ।

त्रयोदशीका साँझ विधिपूर्वक संकल्प गरी महादीप बाली रातभर जाग्राम बस्ने र चतुर्दशीका दिब बिहानै नदीमा बत्ती बगाउने परम्परा छ । श्रद्धालु चतुर्दशीका दिन बिहान सबेरै उठी स्नान गरी पशुपतिनाथ क्षेत्रमा शतबीज छर्छन ्। शतबीजमा धान, जौ, गहुँ, चना, तिल र कागुनुजस्ता अन्नसहित केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो,अमला आदि फलका र विभिन्न किसिमका फूल हुन्छन ।

भगवान् शिव मृगरूप लिएर घुमेको विश्वास गरिने पुण्यक्षेत्रमा एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने धार्मिक विश्वास छ । चतुर्दशीका दिन बिहानै मृगस्थली क्षेत्रमा शतबीज छरेमा पितृको उद्धार हुने जन्ममृत्युको चक्रबाट मुक्त भइने चतुर्वर्ग चिन्तामणि नामक ग्रन्थमा उल्लेख छ। शतबीज छर्न देशभरका श्रद्धालु पशुपतिनाथ क्षेत्रमा आउने गरेका छन्। अचेल आफ्नो नजिक पर्ने शिवालयमा पनि शतबीज छर्ने चलन छ ।

Leave a Reply

ताजा समाचार