अाज बाला चतुर्दशी: पशुपतिमा जे देखियो (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

अाज बाला चतुर्दशी: पशुपतिमा जे देखियो (फोटोफिचर)

pashupati satbij

काठमाडौं, २० मंसिर । अाज बाला चतुर्दशी दिन हो । यस दिन मृतकका नाउँमा शतबीज छरी पितृउद्धार गर्ने गरिन्छ । बाला चतुर्दशीलार्इ कृष्ण चतुर्दशी पनि भनिन्छ ।

बालाचतुर्दशी नेपालमा मनाइने एक परम्परागत पर्व हो । जुन विभिन्न मन्दिरहरूमा शतबीज (शतबीउ) छरेर मनाईन्छ । सनातन हिन्दू धर्म अन्तर्गत पर्ने थुप्रै चाडपर्व मध्ये बालाचतुर्दशी पर्वको छुट्टै एवं विशिष्ट महत्त्व रहेको पाइन्छ ।

प्रत्येक वर्षको हेमन्त ऋतुको मार्गकृष्ण चतुर्दशीमा पर्ने बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्व पनि भनिन्छ । यो पर्व विशेषगरी पितृहरूको उद्धारको निम्ति उनीहरूको सम्झनामा मनाइन्छ ।

मार्गकृष्ण त्रयोदशीको साँझमा उपत्यकाको पशुपतिनाथ लगायत अधिराज्यका अन्य शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी भोलिपल्ट अर्थात् चतुर्दशीको दिन शतबीज रोपण गरिन्छ । त्रयोदशीको राति दिवङ्गत पितृको सद्गतिको कामना गर्दै देशभरका शिवालयहरुमा महादीपदान गर्ने चलन रहेकाे छ ।

पशुपतिसँगै उपत्यकाका गोकर्णेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने शिवालयलगायत देशभरका शिव मन्दिरमा भक्तजन दिवङ्गत पितृका नाममा बत्ती बालेर बसेका थिए भने अाज शतबीज छर्दैछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);