आज ३ प्रदेशमा हिमपातको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

आज ३ प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं, १६ पुस । हाल कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका अधिकांश स्थानहरुमा हुस्सु÷कुहिरो लागेको अवस्था छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, वागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको एक– दुई स्थानमा स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक– दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);