बाला चतुर्दशीमा वृक्षरोपण गरेको र ढुंगा छापेको ठाउँमा शतबीज नछर्न पशुपति विकास कोषको आग्रह | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

बाला चतुर्दशीमा वृक्षरोपण गरेको र ढुंगा छापेको ठाउँमा शतबीज नछर्न पशुपति विकास कोषको आग्रह

pashupatinath

काठमाडौं, २२ मंसिर । बाला चतुर्दशीमा पशुपतिनाथ मन्दिर परिसरमा शतबीज छर्न आउनेहरुले १३ बुँदे नियम पालना गर्नुपर्ने भएको छ । पशुपति क्षेत्र विकास कोषले आज सूचना जारी गरी भक्तजनहरुले पालना गर्नुपर्ने १३ बुँद नियमबारे जानकारी गराएको हो ।

कोषका वृक्षरोपण गरेको स्थान र बिरुवाको संरक्षण गर्न, ढुंगा छापेको स्थानमा शतबीज नछर्न, स–साना बालबालिकाहरुको साथमा परिचयपत्र राखिदिन कोषले आग्रह गरेको छ । बालाचतुर्दशी पर्व सोमबार परेको छ । आफ्ना पितृको स्मृतिमा अघिल्लो दिन रातभर बत्ती बालेर जाग्राम बस्ने र भोलिपल्ट बिहानै शतबीज छर्ने चलन छ । पितृको स्मृतिमा बत्ती बाल्ने भक्तजन तीर्थयात्रुहरुका लागि पशुपति क्षेत्र विकास कोषले निःशुल्क पालको व्यवस्था गरिदिएको छ । यो काममा नेपाली सेनाले पनि सहयोग गरेको छ । आफैं उपस्थित भई बत्ती बाल्न नसक्नेहरुका लागि कोषमा २ हजार १०० रुपैयाँ शुल्क बुझाई बत्ती बालिदिने व्यवस्था समेत मिलाइएको छ ।

त्यस्ता भक्तजनहरुले पशुपति मन्दिरको पश्चिमतर्फको बाहिरी ढोकास्थित पशुपति क्षेत्र विकास कोषको बिक्री कक्षमा सम्पर्क राख्नुपर्नेछ । कोषका अनुसार कैलाश चौरमा पाल राखी बत्ती बाल्न पाइने छैन तर शतबीज भने छर्न पाइने छ । बत्ती बाल्नका लागि कैलाशको फेदी, पशुपतिनाथ मन्दिर परिसर, पशुपति कोर क्षेत्र, हंशमण्डप, चउरसहित बागमती नदीको खाली किनारामा व्यवस्था गरिएको छ । यस अघिनै जिल्ला प्रशासनले बाला चतुर्दशी पर्वलाई लक्षित गरी पशुपति मन्दिरको वरपरका क्षेत्रमा माछा, मासु, मदिरा र अन्य नशालु लागूपदार्थ सेवन तथा बिक्री वितरणमा रोक लगाइ सकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);