डोटीबासीको आमहड्तालले दार्चुलाबासी मर्कामा | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८२, आइतबार

डोटीबासीको आमहड्तालले दार्चुलाबासी मर्कामा

दार्चुलाका यात्रु कञ्चनपुर पुग्न भारतको बाटो प्रयोग गर्न बाध्य

दार्चुला, ७ माघ । प्रदेश राजधानी माग गर्दै डोटीबासीले केही दिनदेखि निरन्तर आमहड्ताल गरेपछि दार्चुलाबासी समस्यामा परेका छन् ।

लगातारको बन्द र प्रदर्शनका कारण दार्चुलामा खाद्यान्नलगायतका उपभोग्य वस्तु अभाव हुन थालेको छ । त्यस्तै, प्रदर्शनकारीले डोटीको बुडर बन्द गरेपछि दार्चुलाका यात्रु कञ्चनपुर पुग्न भारतको बाटो प्रयोग गर्न बाध्य भएका छन् । प्रदेश ७ को राजधानी दिपालय बनाउनुपर्ने माग राख्दै जारी आन्दोलनका कारण तराई जाने नाका बन्द भएपछि दार्चुलाबासी भारतको बाटो प्रयोग गर्न बाध्य भएका हुन् ।

भारतको धारचुलाबाट टनकपुर, वनबासा हुँदै बढो कष्टसाथ यात्रुहरू कञ्चनपुरको महेन्द्रनगर पुग्ने गरेका छन् । अत्तरिया–दार्चुला सडकखण्डमा पर्ने डोटीको बुडर बन्द भएपछि तराईका जिल्लाबाट दार्चुला आउने मालबाहक ट्रक तथा यात्रुबाहक सवारीसाधन बुडरमै थन्किएका छन् । जसका कारण दार्चुलाको व्यापार–व्यवसाय नराम्ररी प्रभावित भएको छ ।

ताजा समाचार