खुट्टीडाँगी सामुदायिक वन पर्यटकीय क्षेत्रका रुपमा विकसित हुँदै | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८३, शुक्रबार

खुट्टीडाँगी सामुदायिक वन पर्यटकीय क्षेत्रका रुपमा विकसित हुँदै

मेचीनगर–९ स्थित खुट्टीडाँगी सामुदायिक वन पर्यटकीय क्षेत्रका रुपमा विकसित हुँदै गएको छ ।

forest

झापा,७ माघ । मेचीनगर–९ स्थित खुट्टीडाँगी सामुदायिक वन पर्यटकीय क्षेत्रका रुपमा विकसित हुँदै गएको छ । स्थानीय संघ–संस्था र मेचीनगर नगरपालिकाको सहयोगमा खुट्टीडाँगी वनलाई नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास गरिएको हो ।

वन क्षेत्रमा पर्यटकको आकर्षण बढाउन समुदायले चिल्डेन पार्क तथा सिमसार क्षेत्र सञ्चालनमा ल्याउने भएको छ । भोलिदेखि चिल्डेन पार्क सञ्चालन गर्न लागिएको वनका अध्यक्ष टंक नेपालले जानकारी दिए । करिब १२ हेक्टर जमिनमा फैलिएको सो वनलाई ‘टुक्रे वन’ भनेर पनि चिनिन्छ । वनलाई चारैतिरबाट गाउँबस्तीले घेरेको छ ।

स्थानीय अगुवाका अनुसार करिब तीन दशकअघि सो सुन्दर वनलाई स्थानीयले नै मास्न खोजेका थिए । पछि सरकारले समुदायमा हस्तान्तरण गरेपछि स्थानीयले नै संरक्षण गरेर यहाँसम्म ल्याएका हुन् । समुदायले वन परिसरमा पिकनिक स्पर्ट निर्माणको काम पनि अघि बढाइसकेको छ ।

ताजा समाचार