पुस्तक ‘एजुकेटिङ फर पिस थ्रु काउण्टरिङ भायोलेन्स’ सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

पुस्तक ‘एजुकेटिङ फर पिस थ्रु काउण्टरिङ भायोलेन्स’ सार्वजनिक

काठमाडौं, १७ मंसिर । ‘हिंसाको प्रतिरोधमार्फत शान्तिको लागि शिक्षा’ (एजुकेटिङ फर पिस थ्रु काउण्टरिङ भायोलेन्स) नामक पुस्तक सार्वजनिक भएको छ ।

पुस्तकमा हिंसाको प्रतिरोध गर्ने, शिक्षामा शान्ति र अहिंसा रणनीतिहरूको कार्यान्वयनको बारेमा जोड दिइएको छ । आईतवार ललितपुरमा एक कार्यक्रमबीच सार्वजनिक भएको पुस्तकमा अन्याय, भेदभाव र पूर्वाग्रह जस्ता द्वन्द्वहरू पहिचान कसरी गर्ने भन्नेबारेमा बताइएको छ । पुस्तक लोकार्पणपछि कुरा गर्दै अध्येता तथा राजनीतिक विश्लेषक विष्णुराज उप्रेतीले शिक्षाको माध्यमबाट हिंसालाई कसरी न्युनिकरण गर्ने र शान्तिलाई कसरी प्रवद्र्धन गर्ने भन्ने बारेमा लेखिएको पुस्तक भएको बताउनु भयो । उहाँले विभिन्न १० देशका प्रमाणहरुसहित सैद्धान्तिक, व्यवहारिक पक्षलाई समेटेर अन्तर्राष्ट्रिय रुपमा ल्याएको नयाँ खालको अभ्यासको यो पुस्तकबाट हिंसालाई न्युनिकरण गर्ने उपायबारे बताइएको बताउनु भयो । उहाँले पुस्तक महत्वपूर्ण भएपनि महंगो भएको र अंग्रेजी माध्यममा भएकाले सबैको पहुँचमा पु¥याउन केही मूल्य घटाइ नेपाली भाषामा निकाल्नुपर्ने बताउनु भयो । उहाँले शान्ति सम्बन्धी अनुसन्धान कर्ता, अभ्यासकर्ताहरुका लागि पुस्तक लाभदायी रहेको बताउनु भयो । उहाँले धर्म, संस्कृतिलाई शान्ति प्रवद्र्धनका माध्यमका रुपमा चित्रित गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘यो अन्तर्राष्ट्रिय अभियानमा खासगरी शिक्षाको माध्यमबाट हिंसालाई कसरी न्युनिकरण गर्ने र शान्तिलाई कसरी प्रवद्र्धन गर्ने भन्ने बारेमा विभिन्न १० देशका प्रमाणहरुसहित सैद्धान्तिक, व्यवहारिक सबै पक्षलाई समेटेर अन्तर्राष्ट्रिय रुपमा ल्याएको नयाँ खालको अभ्यास हो । रुप्लेज भन्ने संसारकै चर्चित पब्लिसिङ हाउस हो । त्यसले यस्ता विशेष खालका मुद्दाहरुमा काउन्टरिङ भायोलेन्स थ्रो द पिस एजुकेशन भन्ने विषय भयो, हिंसालाई शान्ति शिक्षाको माध्यमबाट काउन्टर गर्ने, यस्ता विषयहरु छानेर ल्याइराख्छन्, यस पटक यो शान्तिको बारेमा आयो । यसमा १० देशमा भएको विभिन्न प्रमाणहरुको बारेमा छ । यो अमेरिकन प्रोफेसर र नेपाली शान्तिको अनुसन्धानकर्ता दुई जना भएर लेखिएको कम्प्रिएन्सिभ खालको बुक छ । यसको समस्या के हो भने यो महंगो छ । अंग्रेजीमा सबैको पहुँच हुँदैन, तर यसलाई नेपालीमा ल्याउन सकियो भने, सस्तो मूल्यमा ल्याउन सकियो भने शान्ति सम्बन्धी अनुसन्धान कर्ता, अभ्यासकर्ताहरु सबैको लागि अत्यन्त महत्वपूर्ण छ । यसको राम्रा पक्ष धर्म, संस्कृति शान्ति प्रवद्र्धनका माध्यमका रुपमा व्याख्या गरिएको छ । बुद्ध धर्म नै यस्तो रुपमा व्याख्या गरिएको छ, जसले शान्ति प्रवद्र्धन गर्न सक्छ । धार्मिक आस्थाका कारणले शाीन्त स्थापना गर्न सकिन्छ भन्ने मान्यतालाई अघि बढाउन सकिन्छ । शिक्षाको माध्यमबाट यसलाई प्रवद्र्धन गर्न सकिन्छ भन्नेकुरा यसमा छन् । सबै महादेशहरुलाई पनि समेटेको छ ।’

त्यस्तै पुस्तकका सम्पादक राजकुमार ढुंगानाले ३१ जना लेखकहरुले लेखेका १४ वटा च्याप्टरहरु पुस्तकमा समावेश गरिएको बताउनु भयो । उहाँले परिचय र निस्कर्षसहित पुस्तकमा १६ वटा च्याप्टर रहेको बताउनु भयो । उहाँले निराश भइरहेको विश्वलाई कसरी शिक्षाको माध्यमबाट आशा जगाउने भन्नेकुरा पुस्तकमा रहेको बताउनु भयो । उहाँले शान्तिको लागि संसारमा मानिसहरुले काम गर्नेदेखि सफलताको कथाहरुलाई पुस्तकमा समेटिएको बताउनु भयो । विषयवस्तुको रुपमा आधारभुत जानकारी, दोस्रोमा व्यवहारिक सीप र तेस्रोमा अब कता जाने भन्नेकुरा पुस्तकमा समेटिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यसमा शुरुमा विश्वका ५४ वटा विश्वविद्यालयबाट विभिन्न खालका पत्रहरु यसमा च्याप्टरहरु राखिएको थियो । हामीलाई पठाउनुभएको थियो । अन्तिममा हामीले छान्दै छान्दै गएर ३१ जना लेखकहरुले लेखेका १४ वटा च्याप्टरहरु छन् । परिचय र कनक्लुजन गरी १६ वटा च्याप्टर छन् । कसरी शिक्षाको माध्यमबाट आशा जगाउन सकिन्छ, शान्तिप्रतिको आशा । मानिसहरु आम रुपवमा कोभिडको समयमा पनि हामीले लेख्दै गरेको हुनाले संसारमा व्यापक रुपमा निराशा छ । वातावरणीय प्रदुषण, वातावरणको विनाशको कुरादेखि संसारमा बढीरहेको हिंसाबाट मानिसमा निराशा फैलिएको छ, त्यसबाट कसरी आशा जगाउने भन्नेकुरा छ । अर्को शान्तिको लागि संसारमा मानिसहरुले काम गर्नेदेखि सफलताको कथाहरु छ । उनीहरुले के काम गर्दा कुन तरिकाले पढाउँदा शान्ति प्रवद्र्धन गर्न सकिन्छ भन्नेकुरा समेटिएको छ । पहिला विषयवस्तुको रुपमा आधारभुत जानकारी, दोस्रोमा व्यवहारिक सीप र तेस्रोमा अब कता जाने भन्ने छ ।’ पुस्तकको मूल्य १३० अमेरिकी डलर रहेको छ भने अनलाइनमा ३५ डलर राखिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);