अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ एकै किस्तामा दिन सरकारलाई काँग्रेसको सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ एकै किस्तामा दिन सरकारलाई काँग्रेसको सुझाव

काठमाडौं, १४ मंसिर । सत्तारुढ प्रमुख घटक नेपाली काँगेसले संविधान कार्यान्वयनमा जोड दिने निष्कर्ष निकालेको छ । बुधवार धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले संघीय गणतन्त्र बिरोधी गतिविधिलाई निस्तेज पार्न पनि संविधान कार्यान्वयनमा क्रियाशील हुनुपर्ने निष्कर्ष निकालेको हो । संविधानको कार्यान्वयन नभएकाले संघीय गणतन्त्रमाथि टिक्काटिप्पणी हुने गरेकाले त्यसको पूर्ण कार्यान्वयनको पक्षमा क्रियाशील हुने निष्कर्ष बैठकले निकालेको पार्टीका प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस हामी आफनै नेतृत्वमा जारी भएको संविधान कार्यान्वयनको पक्षमा छांै । र, यो संविधानको पूर्ण कार्यान्वयन नभईकन यसका बारेमा टिकाटिप्पणी गर्नु उपयुक्त होइन भन्ने निष्कर्ष छ । र, आज हामी त्यही निष्कर्षमा पुगेका छौं । र, अहिले संविधान कार्यान्वयनमा देखिएको जेजे समस्याहरु छन, त्यसलाई नै हामीले राजनीतिक रुपमा उठेका प्रश्न भनेका छौं । संघीयताका कुराहरु, संघीयतामा प्रदेशलाई अधिकार दिने कुराहरु, केही कानुनहरु निर्माण गर्न बाँकि छन् । संविधानको पक्षमा नेपाली काँग्रेस प्रतिवद्ध छ । यसलाई कार्यान्वयनमा क्रियाशील भएर लाग्छ भन्ने आजको बैठकले निष्कर्ष निकालेको छ । ’

त्यसैगरी बैठकले पश्चिम नेपालका भूकम्प पीडितको अस्थायी आवास निर्माणका लागि एकै किस्तामा बजेट दिने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ । अस्थायी आवास निर्माणका लागि दिने भनिएको ५० हजार रुपैयाँ एकै किस्तामा दिन सरकारलाई सुझाव दिइएको पनि प्रचार विभाग प्रमुख विश्वकर्माले बताउनु भयो । बैठकमा पार्टी उपसभापति समेत रहनुभएका रक्षामन्त्री पूर्णबहादुर खडका र अर्थमन्त्री डा. प्रकाशशरण महतले भूकम्प प्रभावितहरुको राहतका लागि सरकारले गरेका कामबारे बैठकलाई जानकारी गराएका थिए । बैठकमा काँग्रेस नेताहरुले भूकम्प प्रभावित क्षेत्रका मानिसहरुको चिसोले ज्यान जानेक्रम शुरु भएकाले त्यसो हुन नदिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका थिए ।

पार्टी प्रचार विभाग प्रमुख विश्वकर्माले भन्नुभयो, ‘भूकम्प प्रभावित क्षेत्रमा रकम पठाईसकिएको, तर अझै पनि स्थानीय तहमा र पीडितको हातमा रकम नपुगेको कुरामा हामी गम्भिर भएका छौं । र, चाँडै नै पठाउँछौं, पुग्दैछ भन्ने कुरामा जानकारी भयो । तर पार्टीको तर्फबाट त्यो रकम दुई किस्तामा दिने भनिएकोमा त्यो रकम एकै पटक दिनुपर्छ भनेर सरकारलाई भनिएको छ । त्यसैगरी सुत्केरी, गर्भवती महिलाहरु चिसोबाट प्रभावित भएका छन् । वृद्धवृद्धाहरुको मृत्यु नै भएको छ । त्यसमा आवश्यक व्यवस्था सरकारले गरोस भन्ने कुरा भएको छ ।’ बैठकमा आगामी पुस १६ देखि १९ गतेसम्म बस्ने पार्टी महासमिति बैठकको एजेण्डाबारे पनि छलफल भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);