काठमाडौं,११ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दैछ । आजदेखि सुरु हुने रास्वपाको बैठक महोत्तरीको जलेश्वरमा ३ दिन सम्म चल्नेछ ।
बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र प्रदेश सभापतिहरुको समेत सहभागिता रहने जनाइएको छ ।
राजनीतिक, सांगठनिक,आर्थिक,अनुशासनसम्बन्धि प्रतिवेदन प्रस्तुत हुुनुका साथै सांसद, संसदीय कार्यको समिक्षा पार्टीको समग्र रणनीति र महाधिवेशन लगायत विषयमा केन्द्रीत हुनेछ ।
केन्द्रीय समितिका पदाधिकारीहरु, पार्टी सदस्यहरु र सांसदहरुको उपस्थिति हुनेछन् ।