रास्वपाको बैठक आज पनि बस्दै | ईमाउण्टेन समाचार

Our Network

साउन २ २०८१, बुधवार

रास्वपाको बैठक आज पनि बस्दै

काठमाडौं,१३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक आज पनि बस्दैछ । सोमबारदेखि सुरु भएको रास्वपाको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा ३ दिन सम्म चल्नेछ ।

बैठक आज बिहान १० बजेदेखि अग्रवाल पार्टी प्यालेसमा सुरु हुनेछ । बैठकमा पार्टीको महाधिवेशन कार्यविधि र प्रक्रियाबारे छलफल हुने कार्यसुची रहेको छ ।

बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र प्रदेश सभापतिहरुको समेत सहभागिता रहेको छ ।

राजनीतिक, सांगठनिक,आर्थिक,अनुशासनसम्बन्धि प्रतिवेदन प्रस्तुत हुनुका साथै सांसद, संसदीय कार्यको समिक्षा पार्टीको समग्र रणनीति र महाधिवेशन लगायत विषयमा छलफल भइरहेको छ ।

केन्द्रीय समितिका पदाधिकारीहरु, पार्टी सदस्यहरु र सांसदहरु पनि उपस्थिति भएका छन् । बैठकमा प्रस्तुत प्रतिवेदनमाथि लिखित र मौखिक सुुझावहरु आएको छ । पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संसदीय दलको तर्फबाट प्रतिवेदन पेस गरेका थिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);