आगामी वैशाख ९ र १० गते सरकारले काठमाडौंमा तेस्रो लगानी सम्मेलन गर्दै | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

आगामी वैशाख ९ र १० गते सरकारले काठमाडौंमा तेस्रो लगानी सम्मेलन गर्दै

काठमाडौं, मंसिर १० ||
सरकारले आगामी वैशाख ९ र १० गते काठमाडौंमा तेस्रो लगानी सम्मेलन,२०२४ आयोजना गर्ने भएको छ । सरकारले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न आगामी वैशाख ९ र १० गते अर्थात (२०२४ अप्रिल २१ र २२) मा तेस्रो लगानी सम्मेलन काठमाडौंमा गर्ने भएको हो । सरकारले लगानी सम्मेलन आयोजना गर्ने निर्णय गर्दै अर्थमन्त्रीको नेतृत्वमा सम्मेलन तयारीका लागि निर्देशक समिति गठन गरेको छ । निर्देशक समितिमा उद्योग, भौतिक पूर्वाधार, पर्यटन, ऊर्जा र सहरी विकासमन्त्रीका साथै नेपाल राष्ट्र बैंकका गभर्नरलगायतका सदस्य छन् । आईतवार सम्मेलनको निर्देशक समिति बैठकमा बोल्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले लगानी सम्मेलनको लागि निजी क्षेत्रसमेतलाई समेटेर निर्देशक समिति गठन भएको बताउनु भयो । उहाँले लगानी सम्मेलनमा विदेशी लगानीको लागि मात्रै नभएर आन्तरिक र गैर आवासीय नेपालहरुको समेत लगानी जुटाउने योजना रहेको बताउनु भयो । उहाँले लगानी सम्मेलनमा गैरआवासीय नेपालीहरुमार्फत लगानी गर्नेहरुलाई पनि ल्याउने बताउनु भयो । उहाँले तेस्रो लगानी सम्मेलनमार्फत साना–साना लगानीकर्ताहरुलाई पनि जोड्ने उदद्ेश्य रहेको बताउनु भयो । उहाँले आन्तरिक सम्भावित लगानीकर्ता,विदेशी लगानीकर्ता र गैरआवासीय लगानीकर्तालाई जोडेर जाने र सहज बनाउने प्याकेज ल्याउने बताउनु भयो । उहाँले विदेशी राजदुतावासहरुलाई परिचालन गर्ने कुराहरु,नेपाली लगानीकर्ताहरुसँग जोडेर विदेशी लगानीकर्ताहरु ल्याउने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);