इटालीले प्रयोगशालामा उत्पादन हुने मासुमा प्रतिवन्ध लगायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

इटालीले प्रयोगशालामा उत्पादन हुने मासुमा प्रतिवन्ध लगायो

एजेन्सी,१० मंसिर । इटालीले प्रयोगशालामा उत्पादन हुने मासुमा प्रतिवन्ध लगाएको छ । यससँगै इटाली कृत्रिम तरिकाले बनाएको मासुको उत्पादन, बिक्री र आयातमा प्रतिवन्ध लगाउने संसारको पहिलो देश बनेको छ । मासु जनावरको हत्याको सट्टा जनावरको कोषहरूको भिट्रो खेतीद्वारा उत्पादन गरिन्छ ।

इटालीको संसदले महिनौंसम्मको बहसपछि नयाँ कानून पारित गरेको हो । नियम उल्लङ्घन गरेमा ६० हजार युरो (६५ हजार ८ सय अमेरिकी डलर) सम्म जरिवाना लाग्नसक्छ । जर्मनी र स्पेन लगायत अन्य देशहरूले खेती गरिएको मासुको उत्पादन प्रक्रिया सुधार गर्न अनुसन्धानमा ठूलो लगानी गरिरहेका बेला इटालीले प्रतिवन्ध लगाएको हो । खेती गरिएको मासुलाई हर्मोन र एन्टिबायोटिकको प्रयोगको आवश्यकता पर्दैन ।

यसमा परम्परागत रूपमा पाइने मासुभन्दा कम खर्च हुन्छ । कृषिमन्त्री फ्रान्सेस्को लोलोब्रिगिडाको सामाजिक सञ्जाल पोस्टकाअनुसार यो कदमले इटालीको पाक परम्परा र कृषि क्षेत्रमा रोजगारीको रक्षा गर्ने उद्देश्य राखेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);