डा.गोविन्द केसी मेडिकल माफियाहरुद्वारा सञ्चालित भएको स्वास्थ्यमन्त्रीको आरोप | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २४ २०८१, शनिबार

डा.गोविन्द केसी मेडिकल माफियाहरुद्वारा सञ्चालित भएको स्वास्थ्यमन्त्रीको आरोप

काठमाडौं, ९ मंसिर
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वरिष्ठ चिकित्सक डा.गोविन्द केसी मेडिकल माफियाहरुद्वारा सञ्चालित भएको आरोप लगाउनुभएको छ । राष्ट्रिय ट्रमा सेन्टरले शनिवार काठमाडांैंमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री बस्नेतले देश र जनताको अहितमा भएपनि मेडिकल गिरोहको फन्दामा परेर वरिष्ठ चिकित्सक केसी बेलाबेलामा अनसन बस्ने गरेको आरोप लगाउनु भएको हो मन्त्री बस्नेतले त्यस्ता अभियानको बचाउमा नलाग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सचेत गराउनु भयो । उहाँले वरिष्ठ चिकित्सक केसीको अभियानमा संलग्न हुने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कारबाही गर्ने चेतावनी समेत दिनुभयो । नेपाल मेडिकल ‘शिक्षाको हब’ बन्ने शक्ति र वातावरण हुँदाहुँदै पनि वरिष्ठ चिकित्सक केसीकै कारण सफल हुन नसकेको मन्त्री बस्नेतको जिकिर थियो । मन्त्री बस्नेतले यथास्थितिमा ५ वर्षपछि मुलुकमा डाक्टर र नर्स खोज्दा पनि नपाउने स्थिति आउने भएकाले एक सयदेखि ३ सयसम्म शैय्या भएका सरकारी अस्पतालहरुमा नर्स र पारामेडिक्स पढाउने र त्यो भन्दा माथि शैय्या भएको अस्पतालमा एमबीबीएससम्मको पठनपाठन गराउने प्रश्ताव गरेको बताउनु भयो । प्रश्ताव देश र जनताको हितका लागि अतिआवश्यक भएको भन्दै उहाँले त्यसलाई कार्यान्वयनमा लागि साथ दिन पनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभयो । मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा विद्यमान अपुग जनशक्तिको व्यवस्थापन गर्नका लागि काम अघि बढाएको पनि बताउनु भयो ।०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);