इन्धनको मूल्य बढेसँगै अस्ट्रेलियालीहरूले कम सवारी चलाएको निस्कर्ष | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०८१, शुक्रबार

इन्धनको मूल्य बढेसँगै अस्ट्रेलियालीहरूले कम सवारी चलाएको निस्कर्ष

petrol oli

एजेन्सी, ८ मंसिर । इन्धनको मूल्यमा भएको वृद्धिका कारण अधिकांश अष्ट्रेलियालीहरूले कम गाडी चलाउने गरेको एक सर्वेक्षणले देखाएको छ । स्वतन्त्र गैरसरकारी संस्था क्लाइमेट काउन्सिलले प्रकाशित गरेको सर्वेक्षणअनुसार ७१ प्रतिशत अष्ट्रेलियालीहरूले इन्धनको मूल्य बढेसँगै आफ्नो ड्राइभिङ खर्च घटाउने कदम चालेका हुन् ।

जसमा गाडी कम चलाउने, सवारी साधनको मर्मतसम्भारमा कटौती गर्ने र बिदा मनाउन बेवास्ता गर्ने लगायतका कदम चालेका छन् ।

अक्टोबरमा अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सले अटोमोटिभ इन्धनको बढ्दो लागतलाई मुद्रास्फीतिको सबैभन्दा ठूलो चालकको रूपमा पहिचान गरेको थियो ।

जुन जुलाई र सेप्टेम्बरको बीचमा २०२३ को तेस्रो त्रैमासिकमा औसत ७.२ प्रतिशतले बढेको थियो । संघीय सरकारले अप्रिलमा आफ्नो इलेक्ट्रिक भेहिकल (इभी) रणनीतिमा कम उत्सर्जन गर्ने सवारी साधनको बिक्रीलाई प्रोत्साहन गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);