जाजरकोट भूकम्प पीडितहरूका लागि अस्ट्रेलियाबाट पाँच करोड नौ लाख रुपैयाँको मानवीय सहायता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

जाजरकोट भूकम्प पीडितहरूका लागि अस्ट्रेलियाबाट पाँच करोड नौ लाख रुपैयाँको मानवीय सहायता

काठमाडौं, १ मंसिर । अस्ट्रेलिया सरकारले पश्चिम नेपालमा गएको भूकम्पमा परेका पीडितहरूका लागि आकस्मिक आवश्यकता परिपूर्तिका लागि छ लाख अस्ट्रेलियाली डलर पाँच करोड नौ लाख रुपैयाँ बराबरको मानवीय सहायता घोषणा गरेको छ ।

नेपालस्थित अस्ट्रेलियाली दूतावासका अनुसार यो सहयोग नेपालमा रहेको विश्व खाद्य कार्यक्रमले नगदका लागि काम कार्यक्रममार्फत प्रभावित समुदायलाई प्रदान गर्नेछ । नेपालमा रहेको राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले मानसिक स्वास्थ्य सेवा, प्रजनन स्वास्थ्य सेवा र लैङ्गिक हिंसापीडितका लागि प्राप्त सहायता परिचालन गर्नेछ ।

यो सहयोगमार्फत मानव विकास तथा सामुदायिक सेवा एचडीसीएस संस्थाले भूकम्प प्रभावित स्वास्थ्य संस्थालगायत सार्वजनिक संरचनाको पुनःनिर्माणमा सहयोग गर्नेछ । नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्केले पश्चिम नेपालमा गएको भूकम्प र त्यसपछि परकम्पले निम्त्याएको मानवीय र सम्पत्तिको क्षतिप्रति गहिरो दुःख पनि व्यक्त गर्नुभएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);