कपडा गोदाममा आगलागी हुँदा १७ लाखको क्षति | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८१, बिहीबार

कपडा गोदाममा आगलागी हुँदा १७ लाखको क्षति

सिरहा,३० कात्तिक । कपडा गोदाममा आगलागी हुँदा १७ लाखको क्षति भएको छ । गोलबजार नगरपालिका६ राधाकृष्ण मन्दिर टोल बस्ने ३७ वर्षीय दुर्गेश कुमार साहको कपडा गोदाममा बुधबार राति आगलागी हुँदा गोदामभित्र रहेका लत्ताकपडा समेत जलेर करिब १७ लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ ।

बिद्युतको तार सर्ट भई गोदाममा आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र बेश क्याम्प गोलबजारबाट खटी गएको टोलीले स्थानिय र दमकलको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);