चलचित्र 'दिमाग खराब' प्रदर्शनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

चलचित्र ‘दिमाग खराब’ प्रदर्शनमा

काठमाडौं, २४ कात्तिक । चलचित्र दिमाग खराबको प्रिमियर शो भएको छ । बिहीवार ललितपुरस्थित एक सिनेमा हलमा फिल्मको प्रिमियर शो गरिएको हो । प्रिमियर शोमा राजनीतिक व्यक्तित्वहरुदेखि खेलाडी र कलाकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो । शोपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलले टिम राम्रो भइसकेपछि खेल र कप्तान आफैँ राम्रो हुने प्रतिक्रिया दिनुभयो ।

त्यस्तै खेलाडी कुशल भुर्तेलले विश्वकप खेल्ने सपना पूरा भएकोमा खुशी व्यक्त गर्नुभयो । त्यस्तै कलाकार जितु नेपालले फिल्मको कथावस्तु धेरै नै उत्कृष्ट रहेको बताउनु भयो । त्यस्तै उपसभामुख इन्दिरा रानाले फिल्ममा राजनीतिक दाउपेच र युवाहरु बिस्थापित भएको कुरालाई देखाइएको बताउनु भयो । उहाँले फिल्म समसामयिक कथावस्तुमा आधारित रहेको बताउनु भयो । देशमा भ्रष्टाचारी व्याप्त भएपछि युवाहरुमा नैराश्यता फैलिएको कुरा फिल्ममा देखाइएको वरिष्ठ कलाकार हरिवंश आचार्यले बताउनु भयो । उहाँले आगामी चुनावका लागि यो चलचित्र जनचेतनाको कोर्षबुक हुने बताउनु भयो । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चलचित्र धेरै उत्कृष्ट र सबैले हेर्नुपर्ने किसिमको रहेको बताउनु भयो । चलचित्रले अहिलेको मुलुकको अवस्थालाई चित्रित गरेको बताउनु भयो

। शोपछि बोल्दै अभिनेता अर्पण थापाले आफ्नो क्यारेक्टरले कुनैपनि राजनीतिक व्यक्तिलाई म्यासेज दिनु राम्रो भएको बताउनु भयो । उहाँले कुनैपनि प्रशासनबाट थिचिएको समाज लोकतान्त्रिक हुन नसक्ने र सोही कुरालाई चलचित्रमा देखाइएको बताउनु भयो । त्यस्तै अभिनेता खगेन्द्र लामिछानेले आफू चलचित्र क्षेत्रमै सन्तुष्ट रहेको बताउनु भयो । उहाँले समाजमै भएका कथाहरु जोडेर चलचित्र बनाउने भएकाले समाजका राम्रा र नराम्रा कुराहरुलाई चलचित्रमा उठाइएको बताउनु भयो । त्यस्तै अभिनेता निश्चल बस्नेतले फिल्ममा सबै कलाकारहरुले आफ्नो उत्कृष्टता पस्किएको बताउनु भयो । अभिनेत्री स्वस्तिमा खड्काले दर्शकले फिल्म रुचाएको प्रतिक्रिया दिनु नै आफ्नो लागि खुशीको कुरा भएको बताउनु भयो ।

चलचित्र कात्तिक २४ बाट (आज) प्रदर्शन भएको छ । आम मानिस र नेताबीचको लडाइँको कथा भनिएको चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा, स्वस्तिमा खड्का लगायतका कलाकारको अभिनय रहेको छ । आकाश बरालको लेखन र सुशन प्रजापतीको छायाङ्कन रहेको चलचित्रलाई निश्चल बस्नेतले निर्देशन गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);