'सबै भन्दा ठूलो युद्ध आफै संग लड्नु पर्ने रहेछ'भन्दै दिपासाले किन गरिन् आत्महत्या ! | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

‘सबै भन्दा ठूलो युद्ध आफै संग लड्नु पर्ने रहेछ’भन्दै दिपासाले किन गरिन् आत्महत्या !

काठमाडौं, २४ कात्तिक । मोडल दिपाशा बिसी (जलपरी)को बिहीबार निधन भएको छ । २८ वर्षीया जलपरी केही समययता तनाबमा गुज्रिरहेको उनका स्टाटसबाट पनि अनुमान गर्न सकिन्छ । जलपरी नामले समेत लोकप्रिय भएकी दिपासाले विष पिएर आत्महत्या गरेको बताइएको छ । उनलाई भाई र बहिनीले नर्भिक अस्पताल पुराएका थिए ।

स्रोतका अनुसार दिपासाले उडुसको औषधी खाएर सिकिस्त अवस्थामा भेटिएकी थिइन् । गम्भिर अवस्थामा अस्पताल पुर्याइएकी उनलाई बिहीबार दिउँसो चिकित्सकहरुले मृत घोषणा गरेका थिए । सुर्खेतबाट काठमाडौं आएर संघर्ष गरिरहेकी दिपासा केही समय अघिदेखि मिटरब्याजमा धेरै ऋण लिएपछि आर्थिक समस्यामा गुज्रिएकी निकटस्थहरु बताउँछन् । उक्त ऋणको ब्याज सय गुणासम्म बढेपछि तिर्न नसक्दा समस्या भएको बुझिएको छ ।

दिपासा म्युजिक भिडियोमा पनि सक्रिय थिइन् । ४ दिन अगाडी पनि उनी अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । उनीसँग क्यानडाको पनि भिसा रहेको बुझिएको छ । उनी हालै मात्र पनि क्यानडा कार्यक्रमका लागि पुुगेर नेपाल फर्किएकी थिइन् । दिपासाले काठमाडौं मलमा ब्युटी पार्लर पनि सञ्चालन गर्दै आएकी थिइन् । तर कहाँ निर के समस्या भयो त्यो भने पत्ता लागेको छैन् ।  केही महिनाअघि उनको प्रेम सम्बन्ध टुटेको स्रोतले जनाएको छ । उनी कलाकारिता भन्दा बाहिरको पुरुषसँग प्रेममा रहेको बुझिएको छ ।

यस्ता छन् उनले फेसबुकमा लेखेका स्टाटस
जिन्दगी त हासेर जिउने हो
सायद कहिले काहीँ कल्पना भन्दा बाहिर को
आगमन ले जिन्दगी तहस नहस बनाउने रहेछ
कहिले काहीं समय ले मान्छेको अनेक रुप देखाउछ
बस अब कसै प्रति बिश्वास गर्ने छैन र
बार बार टुत्ट्ने छैन
बिश्वास , माया , अनि सबन्ध सबै फ्लिम मै ठिक छ
यथार्थमा जिन्दगी मा सहन गर्हो छ सबै

अर्को स्टाटस
जिबन आफू भन्दा बढी महत्व कसैलाई नदिनु हो
यो सन्सार मा सबैभन्दा विस्वासीलो त
मिर्तु मात्र रहेछ जस्ले आज सम्म कसैलाई
धोका दिएको छैन 🙏🙏

अर्को स्टाटस
नचाहेर बदलियो सबै कुरा
चाहेर पनि बद्लिन नसकेको एक यो मन
अनि भाग्य मात्र हो ❤️🙏

अर्को स्टाटस

जिन्दगीमा सुख अनि दुख जिन्दगी को पाटा नै हो
तर दुख पछि सुख आउछ भन्छन् सायद यो
मन बुज्झाउने अर्को शैली होला
दसै सदैब खुशी अनि हर्ष ले नै जाने गर्त्यो
त्यो पनि बालापन सम्म मात्र रहेछ
जति उमेर बढदै गयो सबै कुरा टाढा हुँदै जाने रहेछ

अर्को स्टाटस

सन्सारमा सबै भन्दा ठूलो युद्ध
आफै संग लड्नु पर्ने रहेछ 🙏

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);