चलचित्र वेलकम टु हेम्जोकोटको प्रिमियर शो | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

चलचित्र वेलकम टु हेम्जोकोटको प्रिमियर शो

काठमाडौं, २४ जेठ । नेपाली चलचित्र वेलकम टु हेम्जोकोटको प्रिमियर शो भएको छ । मंगलवार काठमाडौंमा चलचित्रको प्रिमियर शो गरिएको हो । जेठ २६ देखि प्रदर्शनको तयारीमा रहेको सोसल–कमेडी फिल्म ‘वेलकम टु हेम्जाकोट’ मा बुद्धि तामाङ र विनोद न्यौपानेको शीर्ष भुमिका रहेको छ भने फिल्मले बेरोजगारीले निम्त्याउने समस्या र अन्तरजातीय प्रेमको कथावस्तु पेस गर्छ ।

सरोज पौडेल निर्देशित फिल्मले युवालाई आदर्शवान बन्न सिकाएको छ । फिल्ममा लक्ष्मीनाथ तिमल्सिना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदेव राई, प्रेविल कँडेल, स्व.जयनन्द लामाको समेत अभिनय छ । प्रिमियर शोपछि बोल्दै अमिनेता शोभित बस्नेतले चलचित्र हास्य विधाको चलचित्र भएकाले राम्रो लागेको र हास्न धेरै पाइने खालको फिल्म बनेको बताउनु भयो । उहाँले फिल्म हेरुन्जेलसम्म फिल्मको मज्ज लिएर चलचित्र हेर्न सकिने बताउनु भयो । त्यस्तै चलचित्र वेलकम टु हेम्जोकोटका अभिनेता विनोद न्यौपानेले नयाँ टिमले गरेको प्रयासबाट कलाकारहरु खुशी भएको र आगामी शुक्रवारबाट दर्शकले प्रतिक्रिया दिएपछि फिल्म राम्रो र नराम्रो भन्नेबारेमा विश्वस्त हुने बताउनु भयो । उहाँले फिल्म हेरुन्जेल हासो नरोकिने बताउनु भयो ।

क्लोजअप सिने प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो फिल्म तेजप्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की र सुमन खड्काले निर्माण गरेका हुन् । मिलन श्रेष्ठको एक्शन, मित्र डी गुरुङको सम्पादन रहेको फिल्मलाई दीर्घ गुरुङले खिचेका हुन् । कविराज गहतराज र गम्भीर बिष्टको संयुक्त नृत्य निर्देशन, शाश्वत श्रेष्ठको ब्याकग्राउण्ड म्युजिक रहेको फिल्मको गीतमा इन्दिरा जोशी, शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशान, उदेश श्रेष्ठले स्वर दिएका छन् । राज सागरले संगीत भरेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);