जातिबीच हुने विभेदको कथा बोकेको चलचित्र निर्मायाको प्रिमियर शो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

जातिबीच हुने विभेदको कथा बोकेको चलचित्र निर्मायाको प्रिमियर शो

काठमाडौं, २३ माघ । नेपाली चलचित्र निर्मायाको प्रिमियर शो भएको छ । आईतवार चलचित्र विकास बोर्डमा फिल्मको प्रिमियर शो गरिएको हो । प्रिमियर शोपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै दर्शकहरुले चलचित्रले सामाजिक विषयवस्तुलाई राम्रोसँग उठाएको बताए ।

उनीहरुले समाजमा जातजातिबीच हुने विभेदलाई चलचित्रमा उठाइएको बताए । उनीहरुले चलचित्रले दिन खोजेको सन्देश अहिलेको परिवेशमा र समाजा चित्रित रहेकाले हरेक समाजलाई यो फिल्म देखाउन आवश्यक रहेको बताए । उनीहरुले दलीत, उत्पीडितहरुको आवाज उठाएर समाजलाई सकारात्मक सन्देश फिल्मले दिएको बताए । उनीहरुले चलचित्र समाजको दर्पण भएकाले समाजको बोध गराउने भन्दै निर्मायाले समाजमा दबिएर बसेका आवाजहरु बोलेको बताए ।

उनीहरुले सामाजिक मुद्दालाई फिल्मले उठाएको र यसले नयाँ जनमत बनाउनका लागि काम गरेको बताए । उनीहरुले चलचित्रमा मनोविज्ञानको पक्ष कमजोर तर घटनालाई प्राथमिकता एिको बताए । उनीहरुले यो चलचित्र समाज परिवर्तनको लागि वाहक बन्ने किसिमको रहेको बताए । उनीहरुले समाजमा अहिले पनि जातिय विभेदहरु रहेको र बोली र व्यवहारमा फरक भइरहेको समाजलाई परिवर्तन गर्न सक्षम चलचित्र रहेकाले फिल्म शहरमामात्रै सिमित नगरी देशका कुनाकुनामा प्रदर्शन गर्नसके समाज परिवर्तनमा सहयोग पुग्ने बताए ।

दर्शकहरुले चलचित्रले समाजमा विद्यमान जातिय छुवाछुत र समाजका विकृतिहरुलाई कलात्मक रुपले प्रश्तुत गरेको बताए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);