ठेकेदारले हुलाकी सडक अलपत्र छाडेपछि रास्वपाको पैदलयात्रा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

ठेकेदारले हुलाकी सडक अलपत्र छाडेपछि रास्वपाको पैदलयात्रा

पुष्कर भट्ट,कञ्चनपुर, २३ कार्तिक । कञ्चनपुरमा निर्माण कम्पनीले हुलाकी सडक अलपत्र छाडेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले दैजी–डोकेबजार पैदल यात्रा अभियान शुरु गरेको छ । निर्माण सम्झौता अनुसार ३ वर्षमा सक्नुपर्नेमा ७ वर्ष वितिसक्दा समेत दक्षिणी क्षेत्र भएर कैलाली–कञ्चनपुरका सदरमुकाम(धनगढी–महेन्द्रनगर) जोड्ने हुलाकी राजमार्ग निर्माणका ठेकेदारले चरम ढिलासुस्ती गर्दा सम्पन्न हुन नसक्दा राष्ट्रिय स्वतन्त्र पार्टी बेलडाँडीले दैजी–डोकेबजार पैदल यात्रा अभियान गरेको हो ।

पुर्वपश्चिम महेन्द्र राजमार्ग बेदकोट नगरपालिका –३ दैजीदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज–बेलडाँडी–बेलौरी र पुनर्वास हुँदै डोकेबजारसम्म अभियान संचालन गरिनेछ । अलपत्र हुलाकी सडक शिघ्र निर्माणको माग अघि सारेर सरकारलाई दवाव दिनका लागि दैजी–डोकेबजार पैदल यात्रा अभियान गर्न लागेको जनाएको छ

राष्ट्रिय स्वतन्त्र पार्टी कञ्चनपुरका नेता एव दैजी–डोकेबजार पैदल यात्रा अभियानका संयोजक जनक सिह धामीले तीन बर्षमा सक्नुपर्ने काम दोब्बर बढि सात बर्ष समय लगाउँदा समेत पुरा नगरेपछि सरकार सहित सम्बन्धीत निकायको ध्यानाकर्षण गराउनका लागि अभियान संचालन गर्न लागेको बताए ।

कञ्चनपुरमा तीन खण्ड गरेर हुलाकी सडक ६२ किलोमिटर सडक कालोपत्रेका लागि पहिलो पटक ३० महिनाका लागि सम्झौता गरिएको थियो । पहिलो पटकको म्याद सकिएर चौथो पटक समेत म्याद थप गर्दा पनि निर्माण कार्य पुरा भएको छैन । ठेकेदार कम्पनी पाँचौँ पटक म्याद थपको तयारीमा रहेका छन ।

कञ्चनपुरको दक्षिणी क्षेत्रका जनताका समस्या केन्द्रीत गरेर पार्टीले उक्त विषय उठान गरेर रोकिएको सडक निर्माण कार्य अघि बढाउने उदेश्य रहेको भन्दै राष्ट्रिय राष्ट्रिय स्वतन्त्र पार्टी बेलडाँडीका सभापति तेजसिह धामीले दक्षिणी क्षेत्रका जनताका समस्या केन्द्रीत गरेर पार्टीले उक्त विषय उठान गरेर रोकिएको सडक निर्माण कार्य अघि बढाउने उदेश्य रहेको बताए ।
स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेशका इन्चार्ज ज्ञानेन्द्र महताले ठेकेदार कम्पनीबाट चरम ढिलासुस्ती लार्पबाही भएकै कारण बाध्य भएर सांकेतिक आन्दोलनमा उत्रिनु परेको र सडक निर्माणका लागि समेत दल र जनताकाले अहिले सडकमा आउनुपर्ने बाध्यता आईलागेको बताएका छन ।

३० महिनामै सक्नुपर्ने काम निर्माण कम्पनीको लार्पबाहीले दोब्बर बढी ६५ महिना वितिसक्दा पनि सडक अधुरै रहेको छ । ०७३ साल फागुनमा निर्माण कम्पनीद्वय बाबाहंस सिद्धिकीशाही, शर्मा राजेन्द्र जेभी र हुलाकी राजमार्ग आयोजनाविच ३० महिनाभित्रै सडक कालोपत्रे गर्ने काम सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, सम्झौता भन्दा दोब्बर समय अवधि र चार पटक म्याद थपेर पनि निर्माण कम्पनीले सडक निर्माण गर्न सकेको छैनन । ठेकेदार कम्पनीले वारम्वार म्याद थप गर्ने तर विभिन्न वहाना गरेर पन्छिदै जाने गरेको छ । थपिएका चारै समयमा काम गर्न नसक्दा निर्माण कम्पनीले पाचौँ पटक म्याद थपका लागि फाईल पेश गरेको छ ।

हिउँदमा धुलाम्मे, बर्षातमा हिलाम्मे हुँदा हामीहरुलाई दैनिक कामकाजमा समेत समस्या भईरहेको छ, र जसका कारण मानव स्वस्थ्यमा समेत गम्भिर असर पर्नुका साथै वर्षै पिच्छे सो हुलाकी सडकमा दुर्घटना हुदा कैयो स्थानियले ज्यान समेत गुमाएकोले उक्त हुलाकि मार्ग समयमै निर्माण सम्पन्न गर्नुपर्ने बेल्डाडीका स्थानिय रमेश भट्टले बताएका छन ।

शर्मा राजेन्द्र जेभीका संचालक भीम साउद नेपाली काँग्रेस डडेल्धुरामा जिल्ला सभापति एव परशुरामनगरका निर्वतमान मेयर र बाबाहंस सिद्धिकीशाहीका संचालक दिपेन्द्र ब. शाही डोल्पा काँग्रेस सभापति भएकाले म्याद थप्ने तर, काम नगर्ने प्रवृति हावि भएको छ ।
कञ्चनपुर–कैलालीका सदरमुकाम जोड्ने उक्त सडक कालोपत्रे भए दक्षिणी क्षेत्रका स्थानीयलाई यातायातमा राहत र समग्र कैलाली–कञ्चनपुरको आर्थिक विकासमा बृद्धि हुने अपेक्षा लिएपनि ठेकेदार कम्पनीको लार्पबाहीका कारण स्थानीय हैरान भएका छन त्यसैले पनी यस्ताखाले योजनालाई पुर्णता दिनमा सरोकारवाला निकायले अविलम्व ध्यान दिनु जरुरी छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);