कांग्रेसले ५० लाखको चेकसहित सरकारलाई दियो २१ बुंदे सुुझाव | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८०, शनिबार

कांग्रेसले ५० लाखको चेकसहित सरकारलाई दियो २१ बुंदे सुुझाव

काठमाडौं, २१ कात्तिक । नेपाली कांग्रेसले जाजरकोटमा भुकम्प गए लगत्तै केन्द्र र स्थानीय सरकारले देखाएको सक्रियता र खेलेको भुमिकाको प्रंससा गरेको छ । अझै भुकम्प पश्चातको राहत,पुनस्थापना, पुननिर्माण कार्यलाई थप व्यवस्थित गर्न पनि सुझाव दिएको छ ।

सभापति शेरबहादुर देउवा, महामन्त्री द्धय विश्वप्रकाश शर्मा र गगन थापा, नेता मीन विश्वकर्मा र योजना आयोगका पूर्वउपाध्यक्ष डा.गोविन्द पोखरेलसहित बालुवाटारस्थित प्रधानमन्त्री निवास पुुगेका थिए ।

कांग्रेसले भुकम्पपछिको उद्धार, राहत, पुर्नस्थापनाका तगा पुननिर्माणको लागि तत्कालिन र अल्पकालिन उपायहरुबारे प्रधानमन्त्री प्रचण्डलाई भेटेर सुझाव दिएको हो । साथै भुकम्प पीडितलाई राहतस्वरुप कांग्रेसले घोषणा गरेको ५० लाखको चेक पनि हस्तान्तरण गरेको छ ।

Leave a Reply