काठमाडाैं, ५ माघ । त्रिभुवन विश्वविद्यालयले शुल्कबृद्धि गरेको विरोधमा आज नेपाल विद्यार्थी संघले काठमाडौँ विरोध प्रदर्शन गरेको छ ।
त्रिविले भर्ना तथा अध्ययन शुल्कमा ३५ प्रतिशत वृद्धि गरेको तीन दिनपछि नेविसंघले विरोध प्रदर्शन गरेको हो । अव्यवहारिक रुपले शुल्कबृद्धि गरिएको भन्दै नेविसंले उक्त निर्णय फिर्ता लिन त्रिविलाई चेतावनी दिएको छ ।
नेविसंघले स्वास्थ्य बीमा अविलम्व कार्यान्वयन गर्न, युवाका लागि वेरोजगार भत्ता उपलब्ध गपराउन, शैक्षिक ऋण दिने व्यवस्था कार्यान्वयन लगायतका ७ बुँदे माग पनि राखेको छ ।