भुकम्पका सबै घाइतेको निःशुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

भुकम्पका सबै घाइतेको निःशुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, १९ कात्तिक । भुकम्पमा परी घाइते भएकाहरुलाई निःशुल्क उपचार गर्ने सरकारले निर्णय गरेको छ । सिंहदरबारमा आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले सबैलाई निशुल्क उपचार गर्ने निर्णय गरेको हो ।

शुक्रबार राति गएको भुकम्प पीडितहरुको उद्धार,राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज बिहान बैठक बोलाइएको थियो ।

घाइेतहरुको लागि काठमाडौमा विर अस्पताल र ट्रमा सेन्टर तयारी अवस्थामा राखिएको समेत सरकारले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पुगेका थिए । काठमाडौं फर्किएसँगै उनले मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);