भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १ सय ५७ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १ सय ५७ जनाको मृत्यु

काठमाडौँ कार्तिक १८ भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ ।
सरकारका अनुसार भूकम्पका कारण जाजरकोटमा एक सय ५ जनाको तथा रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ ।

मृतकमध्ये महिलाको संख्या ९९ छ भने पुरुषको संख्या ५८ रहेको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी ३ सय ७५ जना घाइते भएका छन् ।

गम्भीर घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज, काठमाडौं तथा अन्य ठाउँमा ल्याइएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुटेको छन् ।

प्रभावित क्षेत्रमा यसका लागि एक हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतका लागि पाँचवटा हेलिकप्टर तथा जहाजको प्रयोग गरेको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले दिनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड १६ जना स्वास्थ्यकर्मीको टोली सहित पुगेर भूकम्प प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुमको अवलोकन गर्नुु भएको छ ।

भूकम्पका गम्भीर घाइतेको उपचारका लागि बाँकेको भेरी अस्पताललाई डेडिकेट अस्पताल बनाएर विरामीहरुको उपचार थालिएको छ । बाँकेको भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालमा उपचारको प्रबन्ध मिलाइएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ म्याग्नीच्युडको भूकम्पपछि चार घण्टाभित्र ४ म्याग्निच्युडभन्दा माथिका तीनवटा परकम्प गएका छन् । ।०००

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);