के भिटामिन सीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ? | ईमाउण्टेन समाचार

Our Network

माघ १३ २०८१, आइतबार

के भिटामिन सीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ?

काठमाडौं, १५ कात्तिक । दीपावली र चिसो मौसम कसलाई मन पर्दैन र ? चिपचिपा गर्मी, रमाइलो हावा र नोभेम्बर–डिसेम्बरको रमाइलो साँझ । तर यी सबैसँगै संक्रमण, रुघाखोकी, ज्वरो आउँछ । ज्वरोका कारण कहिले घाँटी दुख्ने, कहिले कडा टाउको दुख्ने र कहिले अफिस र दैनिक काम गुम्ने ।

डब्ल्यूएचओका अनुसार हरेक वर्ष विश्वमा करिब १०० करोड मानिस मौसमी इन्फ्लुएन्जा अर्थात् बदलिँदो मौसमसँगै आउने रुघाखोकीबाट ग्रस्त हुन्छन् । भाइरसको कारणले हुने सामान्य रुघाखोकीको लागि कुनै औषधि वा खोप नभएकोले, हाम्रो प्रतिरोधात्मक क्षमता नै यसको विरुद्धमा हाम्रो एक मात्र रक्षा हो।

राम्रो आहार, व्यायाम र योग जस्ता रोग प्रतिरोधात्मक क्षमता बढाउने धेरै उपाय छन्। तर यी ’एभेन्जर्स’ सँग आइरन म्यान – भिटामिन–सी पनि छ। जुलाई, २०२१ मा, भारतीय खाद्य सुरक्षा र मानक प्राधिकरणले केही निर्देशनहरू जारी ग¥यो।

निर्देशनहरू हामीलाई प्रति दिन कति पोषक तत्वहरू चाहिन्छ भन्ने बारे थिए। यी भारतीयहरूको लागि नयाँ सिफारिस गरिएको आहार भत्ता थिए । यसअघि पनि एफएसएसएआईले समय–समयमा आरडीए जारी गर्दै आएको थियो तर यसपटक यसमा परिवर्तन देखिएको छ । भिटामिन सी को सिफारिस गरिएको दैनिक खुराक, जुन पहिलेको भन्दा बढाइएको थियो।

तपाईं बुझ्न सक्नुहुन्छ कि भिटामिन सी हाम्रो लागि कति महत्त्वपूर्ण छ। तर धेरै पटक हामी यो डण् माइक्रोग्राम दैनिक खुराक पनि पूरा गर्न सक्दैनौं र भिटामिन सी को कमीको शिकार हुन्छौं। यसको ठूलो कारण हाम्रो शरीरले भिटामिन सी आफैं बनाउन सक्दैन। न त यसलाई लामो समयसम्म भण्डारण गर्न सकिन्छ ।

त्यसैले हामीले सधैं भिटामिन सी युक्त सप्लिमेन्ट खानुपर्छ। यदि हामीले यसो गरेनौं भने शरीरमा यसको कमी हुन्छ। लामो समयसम्म भिटामिन सीको कमी भएमा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । त्यसको परिणाम पनि भोग्नुपर्छ । तल दिइएको लक्षण शरीरमा भिटामिन सी को कमीको संकेत हुन सक्छ।

गिजाबाट रगत बगिरहेको
घाउ छिट्टै निको नहुने
एनीमिया वा हेमोग्लोबिनको कमी
बारम्बार बिरामी पर्नु
छाला संक्रमण

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);