एमालेको चियापान आज,नेता, कुटनीतिक नियोगका प्रमुख र सर्वसाधारणलाई निम्तो | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

एमालेको चियापान आज,नेता, कुटनीतिक नियोगका प्रमुख र सर्वसाधारणलाई निम्तो

काठमाडौं, १५ कात्तिक । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज चियापानको आयोजना गर्नुृभएको छ । दशैं, तिहार, छठ लगायत पर्वहरूको अवसरमा ओलीले आज चियापान आयोजना गर्नु भएको हो ।

मंगलबार गर्ने भनिएको चियापान संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै आजका लागि सारिएको नेकपा एमालले जनाएको छ । चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय, च्यासलमा दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ।

चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेता कुटनीतिक नियोगका प्रमुख र सर्वसाधारणलाई पनि एमालेले निम्ता गरेको छ । यसअघि नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापनको आयोजना गरिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);