नेकपाको चियापान, विकास धनाढय वर्गले देखेन : ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेकपाको चियापान, विकास धनाढय वर्गले देखेन : ओली

deuba n oli

काठमाडौं, ३० असोज । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा भएको विकास निर्माणको काम धनाढ्य वर्गका व्यक्तिले नदेखेको बताएका छन् । दसैं, दिपावली तथा छठलगायत पर्वको उपलक्ष्यमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार काठमाडांैको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले गरिब र मध्यम वर्गले सरकारले गरेको कामको प्रशंसा गरेको बताएका छन् ।

गरिब र मध्यम वर्गका मानिसको जीवनस्तर माथि रहेको तर केही धनाढ्य माथिल्लो स्तरकाले सरकारको आलोचना गरेको आरोप लगाएका छन् । सरकारले समृद्ध नेपाल निर्माणका लागि अभियान सुरु गरेसँगै नेपालमा गरिबी निवारण हुँदै गएको उनले दाबी गरे ।

वर्तमान सरकारले अलपत्र छोडेको ठूला आयोजना सम्पन्न गरेर विकासको क्रममा मुलुकले फड्को मारेको पनि उनले बताए । चियापान कार्यक्रममा नेकपाका सचिवालय सदस्य, पार्टीका भातृसंस्थाका नेता तथा कार्यकर्ता, शुभचिन्तक, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका पदाधिकारी, सुरक्षाकर्मी, पत्रकार, विभिन्न संघसंस्थाका पदाधिकारीसहित सर्वसाधारण उल्लेखनीय उपस्थिति रहेको थियो ।

चाडपर्व र संस्कृतिको धनी नेपालमा राजनीतिक दलले आयोजना गर्ने शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमले नेता, कार्यकर्ता र सर्वसाधारणमा आपसमा मिलेर देशको विकास र समृद्धिमा लाग्ने नयाँ सन्देश दिँदै आएको छ । दसैंको कोजाग्रत पूर्णिमाका दिन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रमले पनि त्यस्तै प्रकारको राजनीतिक सन्देश दिएको थियो भने सत्तारूढ नेकपाको बुधबारको चियापानले त्यसलाई निरन्तरता दिएको छ । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);