प्रदेशसभा समानुपातिकका २ सय २० जना सांसदहरुलाई प्रमाण पत्र वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रदेशसभा समानुपातिकका २ सय २० जना सांसदहरुलाई प्रमाण पत्र वितरण

काठमाडाैं, ५  माघ । प्रदेशसभाका समानुपातिक सांसदहरुलाई निर्वाचन आयोगले शुक्रबार प्रमाण पत्र वितरण गरेको छ । निर्वाचन आयोगले शुक्रबार आफ्नै कार्यालयमा एक कार्यक्रमका बीच प्रदेशसभा समानुपातिकका २ सय २० जना सांसदहरुलाई निर्वाचित भएको प्रमाण पत्र वितरण गरेको हो ।

सरकारले प्रदेश प्रमुख नियुक्ति गरेपछि संवैधानिक व्यवस्था अनुसार प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले प्रदेशका समानुपातिक सांसदहरुलाई प्रमाण पत्र वितरण गरेका हुन् । प्रदेशसभाका प्रत्यक्षतर्फका १ सय १० जना सांसदहरुले यस अघि नै प्रमाण पत्र लिइसकेका छन् ।

कार्यक्रममा बोल्दै निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडेलले प्रदेश प्रमुख नियुक्तीमा ढिलाई हुँदा प्रदेशका समानुपातिक सांसदहरुको परिणाम सार्वजनिक गर्न पनि ढिलाई हुन गएको स्पष्ट पारे ।

प्रदेशको समानुपातिकमा एमालेका ७५, काँग्रेसको ७२, माओवादी केन्द्रको ३५ जना निर्वाचित भएका छन । त्यसैगरी संघीय समाजवादी फोरम, नेपाल १३, राष्ट्रिय जनता पार्टी, नेपालको १२, राष्ट्रिय प्रजातन्त्र पार्टीको ३, विवेकशील साझा पार्टीको ३, राष्ट्रिय जनमोर्चा, नेपालको २ जना प्रदेशको समानुपातिक सांसदमा निर्वाचित भएका छन ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), नयाँ शक्ति पार्टी, नेपाल, नेपाल मजदुर किसान पार्टी, नेपाल संघीय समाजवादी पार्टी र नेपाल संघीय लोकतान्त्रिक पार्टीबाट १-१ जना सांसद निर्वाचित भएका छन । अव निर्वाचन आयोगले प्रदेशको निर्वाचनको सम्पूर्ण विवरण प्रदेश प्रमुखलाई बुझाएपछि प्रदेश सभा र सरकार गठन प्रक्रिया सुरु हुने संवैधानिक व्यवस्था छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);