आयरल्याण्डमा मौसमी ज्वरोका कारण चौबीसको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८२, बुधवार

आयरल्याण्डमा मौसमी ज्वरोका कारण चौबीसको मृत्यु

flu

एजेन्सी, ५ माघ । आयरल्याडमा मौसमी ज्वरोका कारण २४ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

अस्पताल आइ मृत्यु भएका प्रायः सबै व्यक्तिमा ज्वरो नै मृत्युको मूल कारण देखिएको हेल्थ सर्भिस एक्जुकेटिभ (एचएसइ) का चिकित्सक केभि केल्लेहेरले बताए उनले यस प्रकोपमा परी बालबालिकादेखि सवै उमेरका व्यक्तिको मृत्यु भएको पनि केल्लेहेरले बताए ।

प्राप्त पछिल्लो जानकारी अनुसार ज्वरोको प्रकोप गतहप्ता सबैभन्दा बढी भएको र यसैगरी आगमी हप्ता पनि यो प्रकोप बढ्ने अनुमान गरिएको स्वास्थ्य सम्बद्ध अधिकारीहरुको रहेको छ ।

ज्वरोको यस्तो प्रकोप क्रिस्मसपछि सुरु भएको र यो १७ वर्षयता अत्यन्त खराव स्थिति देखा परेको यो पाँचौ पटक भएको बताइएको छ । एचएसईका अनुसार यस प्रकोपबाट सबैभन्दा धेरै जोखिम बालबालिका र बृद्धबृद्धाहरुमा रहेको पनि समाचारमा जनाइएको छ ।