दुई सन्तान नीति पछी पनि चीनमा जन्मदर बढेन | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

दुई सन्तान नीति पछी पनि चीनमा जन्मदर बढेन

एजेन्सी, ५ माघ । चीन सरकारले यहाँका सबै दम्पत्ति लाई दुई सन्तान जन्माउने अनुमति दिइएको भए पनि जन्म दरमा भने झनै कमी आएको समाचारमा जनाइएको छ ।

चीनको राष्ट्रिय तथ्याङ्क विभागले दिएको जानकारी अनुसार चीनमा गत वर्ष जम्मा १ करोड ७२ लाख बच्चा जन्मिएका छन् । तर त्यसको अघिल्लो वर्ष अर्थात् सन् २०१६ मा भने १ करोड ७९ लाख बच्चा जन्मिएका थिए । चिनियाँ सबै दम्पत्तिलाई पहिला दुई सन्तान जन्माउने अनुमति थिएन ।

चीनको एक बच्चा नीतिमा यहाँको सरकारले सन् २०१५ मा परिवर्तन गरेको थियो । त्यस यता चीनका सबै दम्पत्तिले दुई सन्तान जन्माउन पाउने अधिकार प्राप्त गरेका छन् ।  चीन सरकारले सन् १९७० को दशकदेखि नै एक बच्चा नीति अख्तियार गरेको हो । त्यसमा परिवर्तन गरी सन् २०१५ मा सबै दम्पत्तिले बच्चा जन्माउन पाउने बनाएको हो ।

यो नीति अख्तियार गर्ने बेलामा सन् २०१५ मा चीन सरकारले चीनमा अब धेरै बच्चा जन्मिन सक्ने र यसले देशको जनसङ्ख्या बढ्ने अनुमान गरेको थियो ।
तर सन् २०१७ को पछिल्लो परिणाम हेर्दा भने त्यसो हुन नसकेको देखिएको छ । त्यसैले यहाँका अधिकारीहरुले यसका कारणहरुको खोजी गर्ने जनाएका छन् ।

विशेषगरी यहाँका दम्पत्तिमा सानो परिवारको चाह बढ्दो रुपमा रहेको, महङ्गी आदि कारणले गर्दा थोरैमात्र बच्चा जन्माउने चाहना देखिएको पाइएको केही नीति निर्माताहरुको अनुभव छ ।

त्यसैगरी चिनियाँ नागरिकहरुले ढिला विवाह गर्ने गरेका कारणले गर्दा पनि जन्मदर त्यति धेरै नहुने अनुमान गरिएको छ । त्यसैले अब चीनमा एक मात्र बच्चा जन्माउने आमाबुबाहरुको सङ्ख्या नै धेरै हुन पुगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको पनि उक्त समाचारमा जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);