इन्धनबाट बूढीगण्डकीलाई मासिक ७० देखि ८० करोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

इन्धनबाट बूढीगण्डकीलाई मासिक ७० देखि ८० करोड

budi gandaki

काठमाडौं,५ माघ । इन्धनमा लगाएको करबाट बूढीगण्डकी जलविद्युत आयोजनालाई १५ अर्ब रुपैयाँभन्दा बढी संकलन भएको छ। बूढीगण्डकी आयोजना बनाउन भन्दै सरकारले २०७२  /०७३ बाट इन्धनमा कर लगाएको थियो । त्यसयता १५ अर्ब १२ करोड रुपैयाँ संकलन भएको आयल निगमले जनाएको छ ।

निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार आर्थिक वर्ष २०७२ /०७३ मा १ अर्ब १६ करोड, २०७३ /०७४ मा ९ अर्ब ४३ करोड रुपैयाँ संकलन भएको थियो । २०७४ /०७५ को पुस १५ सम्ममा ४ अर्ब ५३ करोड रुपैयाँ संकलन भएको उनले बताए ।हाल आयात गरिएको इन्धनमा भन्सार बिन्दुमै पूर्वाधार कर बूढीगण्डकी जलविद्युत आयोजनाका लागि लाग्छ । सोही अनुसार उक्त रकम सरकारी ढुकुटीमा संकलन भएको छ ।

निगमले पेट्रोल, टिजेल र हवाई इन्धन आन्तरिक र अन्तराष्ट्रियमा प्रतिलिटर ५ रुपैयाँको दरले पूर्वाधार कर लगाउँछ । मटितेल र एलपी ग्यासमा भने शुल्क उठाउँदैन ।तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले उपभोक्तालाई अतिरिक्त भार नपर्ने गरी भन्सार बिन्दुमै प्रतिलिटर ५ रुपैयाँका दरले पूर्वाधार कर लगाउने निर्णय गरेका थिए ।सोही अनुसार निगमले बजेट भाषणको भोलिपल्ट जेठ १६ गते देखि रकम संकलन गर्दै आएको जनाएको छ । आजको कान्तिपुर दैनिकमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);