कामनपा–४मा शुभकामना आदानप्रदान सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८२, शुक्रबार

कामनपा–४मा शुभकामना आदानप्रदान सम्पन्न

काठमाडौं , २८ असोज । काठमाडौं महानगरपालिका वडा नम्बर–४ ले विजया दशमी, शुभदीपावली तथा छठको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । वडा नम्बर ४ ले आज (आइतबार) विजया दशमी, शुभदीपावली, नेपाल संवत (११४४)तथा छठ पर्वको २०८०को सुखद् उपलक्ष्यमा कामपा ४ ले शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, प्रदेशसभा सांसद डा.दीनेशचन्द्र देवकोटा, पूर्वअर्थमन्त्री युवराज खतिवडा,संविधान सभा सदस्य रत्न गुरुङ, नेकपा एमाले केन्द्रीय सदस्य नारायण सिलवाल, काठमाडौं जिल्ला कमिटी अध्यक्ष दीपक निरौला,बूढानीलकण्ठ नगरपाकिलकाका उपमेयर अनिता लामा, काठमाडौं क्षेत्र नम्बर ५ का संयोजक ध्रुव थपलिया, काठमाडौं महानगर–४ का वडाध्यक्ष दिनेश महर्जनलगायतको सहभागिता थियो । साथै, वडावासीको बाक्लो उपस्थिति थियो । उपस्थित वडावासीले एकअर्कामा हार्दिकतापूर्वक शुभकामना आदानप्रदान गरे ।

कार्यक्रम आइतबार बिहान विशाल मिलन केन्द्र चण्डोलमा भएको थियो । आजबाट विजयादशमीको सुरुवात भएको छ । विभिन्न शक्तिपीठमा भक्तजनको बाक्लिन सुरु भएको छ । त्यसैगरी, वडा दशैँको पहिलो दिन आज घरका पूजाकोठमा र दशैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापना सहित घटस्थापना गरिएको छ ।

Leave a Reply