एक महिनाभित्र कसैले चलचित्र सम्बन्धी ऐन पास गरेर देखाओस्, राजिनामा दिन तयार छु : अध्यक्ष केसी | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८१, आइतबार

एक महिनाभित्र कसैले चलचित्र सम्बन्धी ऐन पास गरेर देखाओस्, राजिनामा दिन तयार छु : अध्यक्ष केसी

काठमाडौं, २३ असोज । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र विकास बोर्ड स्वायत्त बनाउन नै आफू विकास बोर्डमा आएको बताउनुभएको छ । सोमवार चलचित्र निर्माता संघको १७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले विकास बोर्डले आफ्नो खाइपाइ आएको अधिकार कहाँनेर र किन गुमायो भन्नेबारेमा विचार हुन आवश्यक रहेको बताउनु भयो । उहाँले चलचित्र क्षेत्र स्वायत्त नभएसम्म कलाकार, चलचित्र क्षेत्र, चलचित्र कर्मीहरुको भविष्य उज्वल नरहेको बताउनु भयो । उहाँले आफू पद र जागिर खानका लागि मात्रै चलचित्र विकास बोर्डमा नआएको र चलचित्र सम्बन्धी ऐन एक महिनामै पास गर्छु भनेर कोही आए आफू राजिनामा दिन तयार रहेको बताउनु भयो ।

उहाँले भन्नुभायो, ‘नेपाली चलचित्र क्षेत्रको विकासका लागि, राष्ट्रिय चलचित्र क्षेत्रको विकासका लागि विकास बोर्डको गठन भएको हो । कहाँनेर आएर विकास बोर्डले आफ्नो भुमिका गुमायो यसबारेमा चिन्तन हुनुपर्छ । खाइपाइ आएको अधिकार कहाँनेर र किन गुमायो । यो महत्वपूर्ण छ । यसलाई पुनः फिर्ता ल्याउन त्यसबारेमा सोच्नुपर्छ । कसरी सञ्चार मन्त्रालयमा विकास बोर्डको सबै अधिकार गयो, यो महत्वपूर्ण छ । चलचित्र विकास बोर्ड स्वायत्त बनाउनका लागि म लड्नेछु । जबसम्म कलाकार, चलचित्र क्षेत्र, चलचित्र कर्मीहरुको भविष्य तबसम्म उज्वल छैन, जबसम्म विकास बोर्ड स्वायत्त हुँदैन । चलचित्र विकास बोर्ड स्वायत्त बनाउन नै म चलचित्र विकास बोर्डमा आएको हुँ । विगत ४० वर्षअघि देखिको ऐन अहिलेसम्म किन पास भएको छैन ? म पदका लागि होइन, चलचित्र कर्मीको लागि हुँ । म पनि चलचित्र क्षेत्रको विकासका लागि आएको हो, जागिर खान होइन । मेरो जागिर जान्छ भन्ने चिन्ता छैन । यदी कोही व्यक्ति भोलिको दिनमा आएर कसैले भुवन केसी यहाँबाट गएपछि ऐन एक महिनामा पास गर्छु भनोस्, म अहिले नै जागिर छोड्न तयार छु ।’ अध्यक्ष केसीले अध्यक्ष पद जान्छ भन्ने चिन्ता आफूलाई नभएको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);