चीन–अमेरिका सम्बन्धले ‘मानव जातिको भाग्य’ मा प्रभाव पार्ने सी जिनपिङको टिप्पणी | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

चीन–अमेरिका सम्बन्धले ‘मानव जातिको भाग्य’ मा प्रभाव पार्ने सी जिनपिङको टिप्पणी

काठमाडौं, २३ असोज । चीनका राष्ट्रपति सी जिनपिङले चीन–अमेरिका सम्बन्धले ‘मानव जातिको भाग्य’ मा प्रभाव पार्ने टिप्पणी गर्नुभएको छ । बेइजिङमा अमेरिकी सिनेटर समूहसँगको भेटमा सीले परिवर्तनशील र अराजक संसारमा चीन र अमेरिका एकापसमा मिलेर कसरी काम गर्छन् भन्ने कुराले मानव जातिको भविष्य र भाग्य निर्धारण गर्ने टिप्पणी गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

उहाँले चीन–अमेरिकाबीचको सम्बन्ध बिगार्नका लागि एउटा पनि कारण नभएको भन्दै सुधार्नका लागि एक हजार कारण रहेको बताउनु भयो । बेइजिङको ग्रेट हल अफ दि पिपुलमा भएको भेटमा राष्ट्रपति सीले चीन–अमेरिका सम्बन्ध विश्वको सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्ध भएको उल्लेख गर्नु भयो ।

जवाफमा अमेरिकी सिनेट नेता चक सुमर चीन र अमेरिका मिलेर दुवै मुलुकले यो शताब्दीलाई आकार दिने भन्दै सम्बन्धलाई जिम्मेवार र सम्मानपूर्वक व्यवस्थापन गर्नुपर्नेमा जोड दिनु भयो । वासिङ्टनले बेइजिङसँगको तनाव कम गर्ने प्रयास गरेकै बेला बहुमत सिनेट नेता चक सुमर छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन पुग्ने पछिल्लो उच्च तहको अमेरिकी अधिकारी हुनुहुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);