थप क्षति र जोखिम हुन नदिन प्रभावमा आधारित मौसम पूर्वानुमान आवश्यकः मौसम विज्ञ | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

थप क्षति र जोखिम हुन नदिन प्रभावमा आधारित मौसम पूर्वानुमान आवश्यकः मौसम विज्ञ

काठमाडौं, २२ असोज ||
मौसम विज्ञहरुले थप क्षति र जोखिम हुन नदिन प्रभावमा आधारित मौसम पूर्वानुमान अहिलेको आवश्यकता रहेको बताएका छन् । सोमवार काठमाडौंमा भएको प्रभावमा आधारित मौसम पूर्वानुमान सम्बन्धी जानकारी र सञ्चारकर्मी अभिमुखीकरण कार्यक्रममा विज्ञहरुले प्रतिकुल मौसमी अवस्था र त्यसले पार्ने प्रभाव पत्ता लगाउन प्रभावमा आधारित मौसम पूर्वानुमान अहिलेको आवश्यकता रहेको बताएका हुन् । उनीहरुले मौसम कस्तो छ ? पानी पर्छ की पर्दैन ? भनेर मात्रै नभई पानीले के—के प्रभाव पार्छ ? भन्ने किसिमको जानकारी सहितको पूर्वानुमानका लागि प्रभावमा आधारित मौसम पूर्वानुमान चाहिने बताए । सिनियर डिभिजनल मेटेरियोलोजिस्ट शान्ति कँडेलले प्रभावमा आधारित मौसम पूर्वानुमानले मौसमपश्चात पार्ने प्रभाव जानकारी पाउन र आवश्यक कार्ययोजना बनाउन सहयोग पुग्ने बताउनु भयो ।
जल तथा मौसम विभागका उपमहानिर्देशक अर्चना श्रेष्ठले मौसम पूर्वानुमान, जल पूर्वानुमान, बाढी पूर्वानुमान सम्बन्धी सही सूचना पु¥याउन सञ्चार माध्यमको भुमिका अग्रणी रहने बताउनु भयो । उहाँले जल तथा मौसम पूर्वानुमानको महत्व, जलवायु परिवर्तनको बारेमा जनचेतना जगाउन र नीति निर्मातालाई सुसुचित गर्न मिडियाको भुमिका महत्वपूर्ण रहने बताउनु भयो । श्रेष्ठले नेपालको पर्वतीय मौसमले नेपाल मात्र नभई एशिया र समग्र विश्वलाई पनि प्रभाव पार्ने बताउनु भयो ।
उहाँले कृषि, आन्तरिक हवाई सुरक्षाका लागि पर्वतीय मौसम प्रणालीको अध्ययन गर्न जरुरी रहेको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);