भन्सार छलिका विभिन्न मुद्दामा जफत गरिएका सवारी साधनका पाठपुर्जा गायब | ईमाउण्टेन समाचार

Our Network

साउन ९ २०८१, बुधवार

भन्सार छलिका विभिन्न मुद्दामा जफत गरिएका सवारी साधनका पाठपुर्जा गायब

पुष्कर भट्ट ||
कञ्चनपुर, असोज २१ ||
कंचनपुर भन्सार कार्यालय परिसरमा रहेका भन्सार छलिका विभिन्न मुद्दामा जफत गरिएका लिलाम सूचना लागेका प्रायःजसो सवारीसाधन (मोटरसाइकल)का पाठपुर्जा गायब पारिएको अवस्थामा पाईएका छन ।

सुरक्षाकर्मीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छलिका विभिन्न मुद्दामा बरामद गरेका अवैध सवारी साधनहरु लिलाम हुन नसक्दा लामो समयदेखि भन्सार कार्यालयमै थन्किएका थिए । बिगत चार बर्ष देखि लिलाम प्रक्रिया अगाडि बढाउन नसकेको कञ्चनपुर भन्सार कार्यालयले स्थानीयहरुको चौतर्फी दबाव पछि पहिलो चरणमा यहि असोज १ गते भन्सारमा थन्किएका ३ सय ६१ मोटरसाईकलको असोज २२ गते टेण्डर खोल्ने गरि लिलाम सुचना प्रकाशित गरेको थियो । टेण्डर खोल्ने मिति नजिकिदै जादा यतिबेला कंचनपुर भन्सार कार्यालय परिसरमा रहेका लिलाम सूचना लागेका प्रायःजसो सवारीसाधन (मोटरसाइकल )का पाठपुर्जाहरु झिकिएको अवस्थामा पाईएका छन । कञ्चनपुर भन्सार कार्यालय परिसरमा पुरा पाठपुर्जा भएको एउटा् पनि मोटरसाईकल छैन ।

भन्सार कार्यालयले मोटरसाईकलको लिलामी सूचना प्रकाशित गरे पछि दैनिकजसो जिल्लाका स्थानियहरु मोटर साईकल किन्ने मनसाय बनाएर भन्सार कार्यालय पुन्दछन तर मोटरसाईकल हेर्छन र मोटरसाईकलका पाठपुर्जाहरु गायव भएको देखेर बोलपत्रनै खरिद नगरि त्यत्तीकै फर्किने गरेका छन ।

भन्सार कार्यालयको गोदाम देखी आँगनभरी मोटरसाईकल देखी जिप,कार र अन्य ठुला सवारीसाधन राखिएका छन । नयाँ र पुराना सबै एकै ठाउँमा छन् । वर्षौदेखि राखिएका ती सवारी साधन कतिपय जीर्ण पनि भइसकेका छन् । कतिपयका सामानहरु समेत निकालि सकिएका छन् । कञ्चनपुरको गड्डाचौकीस्थित भन्सार कार्यालयमा सवारी साधनहरु वर्षाैदेखि लिलाम हुन नसकेका कारण जीर्ण बन्दै गएका हुन् । कतिपय त कामै नलाग्ने समेत भइसकेका छन् ।

कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धु्रवराज विश्वकर्माले लामो समय सम्म लिलाम नहुदा सवारीसाधनहरुका केहि पाठपुर्जाहरु बिग्रिएको हुनसक्ने भए पनि कार्यालयका कसै कर्मचारीले सवारीसाधनका पाठपुर्जा न निकालेको बताएका छन । गड्डाचौकी भन्सार कार्यालयमा अहिले चार पांग्रे र दुई पांग्रे गरि ४ सय बढी सवारी साधन छन् । जसमा अधिकांस मोटरसाइकल छन् । चार पांग्रे सवारी साधन १५ मात्रै छन् । लामो समयदेखि सवारी साधन लिलाम नहुदा मुख्य मुख्य पाठपुर्जाहरु चोरी भएर कामै नलाग्ने भएका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);