धादिङमा दलका नेताहरुले गरे प्रचारलाइ गाउँ केन्द्रीत | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

धादिङमा दलका नेताहरुले गरे प्रचारलाइ गाउँ केन्द्रीत

शिखा श्रेष्ठ २३ धादिङ बैशाख ।
स्थानीय निकायको चुनावको लागि उमेद्वारी तय भए सँगै धादिङमा दलका नेताहरुले प्रचारलाइ गाउँ केन्द्रीत बनाएका छन् । उम्मेद्धारी तय भए सँगै राजनीतिक दलहरु आफ्नो पक्षमा माहोल बनाउन गाउँ पसेका हुन् । निर्वाचन हुने होकि होइन भन्ने अन्योलमा सदरमुकाममानै टिकट कुरेर वसेका दलका उमेद्वारहरु निर्काचनका लागी छोटो

धादिङमा दलका नेताहरुले गरे प्रचारलाइ गाउँ केन्द्रीत

शिखा श्रेष्ठ २३ धादिङ बैशाख ।

 

स्थानीय निकायको चुनावको लागि उमेद्वारी तय भए सँगै धादिङमा दलका नेताहरुले प्रचारलाइ गाउँ केन्द्रीत बनाएका छन् । उम्मेद्धारी तय भए सँगै राजनीतिक दलहरु आफ्नो पक्षमा माहोल बनाउन गाउँ पसेका हुन् । निर्वाचन हुने होकि होइन भन्ने अन्योलमा सदरमुकाममानै टिकट कुरेर वसेका दलका उमेद्वारहरु निर्काचनका लागी छोटो समयमात्र वाकि भएकाले अहिले सवै उमेद्वार गाउँ केन्द्रित कार्यक्रममा लागेका हुन् । उमेद्वारहरु मत आफनो पक्षमा पार्न राजनीतिक दलहरुले पनि गाउँ गाउँमा चुनाव केन्द्रित बैठक र वडा भेला आमशभा र घरदैलो सुरु गरेका छन् ।

 

गाउ नगरलाई सुन्दर वनाउने सपना सहित विभिन्न किसीमका योजनाहरु आ –आफ्नो घोषणापत्रमा उल्लेख गरि जनताको हक र हितको निम्ती भन्दै उमेद्वारहरु गाउँ पुगेका छन् । विशेषगरी नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र नयाशक्ति नेपालले प्रचारप्रसार र भेटघाट लाइ तीव्र पारेका छन् । भोट माग्न गाउँमा आएका नेताहरुलाई स्थानियहरुले चिल्लाकुरा भन्दा पनि जनताको आवस्यक्ता पुरा गर्न उमेद्वारहरु प्रतिवद्ध हुनु पर्ने बताएक छन् । २ नगर पालीका र ११ गाउँपालीका रहेको धादिङमा मा १०४ वडा छन् जसमा २ लाख ६ हजार २ जना मतदाता रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);