कञ्चनपुरमा व्यापारीको निवासबाट ठुलो परिमाणमा अवैध समान बरामद | ईमाउण्टेन समाचार

Our Network

मंसिर २ २०८१, आइतबार

कञ्चनपुरमा व्यापारीको निवासबाट ठुलो परिमाणमा अवैध समान बरामद

पुष्कर भट्ट ||
कञ्चनपुर, १८ असोज ||

कञ्चनपुर प्रहरीले जिल्ला सदरमुकाम महेन्द्रनगर बजारका एक व्यवसायीको निजी निवासबाट ठुलो परिमाणमा अवैध समान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महेन्द्रनगरका व्यवसायी तिर्थ भाटको निजी निवास(गोदाम)बाट ठुलो परिमाणमा अवैध समान बरामद गरेको हो ।

बिहीबार भाटको निजी निवास भीमदत्त नगरपालिका ६ ऐठपुरबाट प्रहरीले ठुलो परिमाणमा अवैध समान बरामद गरेको जनाएको छ । प्रहरी निरीक्षकद्वय पुष्करराज पन्त र हर्ष बहादुर चन्दले क्यारिङ्गकर्ताले भारतबाट ल्याएको समानको फलोअफ गर्दै उक्त समान भाट निवासमा पुगेपछि प्रहरी टोलीले भारतबाट ल्याएका तीन बोरा चिनी र १ बोरा मिश्र्री सहित घरभित्र खानतलासी गर्दा भन्सार नकाटेको समान भेटाएपछि बरामद गरेका थिए । समान बरामद गरिएको स्थलमा पुगेका कञ्चनपुरका प्रहरी प्रमुख कमल थापाले भन्सार चोरी पैठारीका समान बरामद गरिएको बताए ।

उपरिक्षक थापाले व्यापारीहरुले भारतबाट आउने समान भन्सार नकाटेको र भन्सार छलीगरेपछि समान बरामद गरिएको बताए । बरामद गरिएको समान अधिकाँस खाद्यान्न र किराना प्रकृतिको रहेको बताउँदै उनले बरामद गरिएको समान लाखौँको भएको बताए । व्यवसायी तिर्थ भाटले आफु बिरामी भएकाले चार महिना लगातार पसल बन्द गर्नुपर्ने भएकाले समानको बिलबिजक कतै राखिएको खोज्नुपर्ने बताए ।
कञ्चनपुर प्रहरीले पछिल्ला दिनहरुमा भन्सार चोरी छली तस्करी बिरुद्धमा निर्मम भएर समान बरामद गर्दै भन्सार चलान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले यस आर्थिक बर्षमा साउन महिना देखी आजको मिति सम्म १ करोड २५ लाख ७५ हजार बराबरको भन्सार छलीमा मालसमान बरामद गरि कञ्चनपुर भन्सार कार्यालयमा बुझाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);