कर्णाली एमालेको नेतृत्व छान्न मतगणना सुरु | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

कर्णाली एमालेको नेतृत्व छान्न मतगणना सुरु

काठमाडौँ, १५ असोज । सत्तारुढ दल नेकपा (एमाले) कर्णाली प्रदेशको नेतृत्वका लागि भएको मतदानको गणना सुरु भएको छ । बिहान ८ बजेदेखि मतगणना हुने भनिए पनि भर्खरै सुरु भएको हो ।

सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि कर्णालीमा आइतबार मतदान भएको थियो । कुल ६१६ मतदाता मध्ये ६०९ मतदाताले मतदान गरेको अधिवेशनमा एक अध्यक्ष पदका लागि ३ जना प्रतिस्पर्धामा उत्रिएका छन् ।

कालीकोटका मीनबहादुर शाही, प्रकाश रोकाया र सल्यानका गुलावजंग शाह अध्यक्षको उम्मेदवार छन् । उपाध्यक्षमा लालबहादुर महतारा, दानसिंह परियार र टेकराज पछाइ तथा सचिवमा रुद्रबहादुर शाही र ध्रुबकुमार शाहीबीच प्रतिस्पर्धा भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);