एमाले कर्णालीमा जुट्ला त सहमति ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

एमाले कर्णालीमा जुट्ला त सहमति !

काठमाडौं, १२ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अहिले प्रदेशस्तरिय अधिवेशन भइरहेका छन् । लुम्बिनीपछि बाग्मती र कर्णाली प्रदेशको पहिलो अधिवेशन जारी छ । कर्णाली प्रदेशको वीरेन्द्रनगरमा बुधबारदेखि अधिवेशन सुरु भएको हो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ ।

बुधबारदेखि सुरु भएको अधिवेशनको तेस्रो दिन आज पनि नेताहरु सर्वसम्मत नेतृत्वका लागि छलफलमा जुटेका छन् । तर अझै कुनै सहमति हुन सकेको छैन् । प्रदेश अध्यक्षका लागि सल्यानका गुलावजंग शाह र कालिकोटका मिनबहादुर शाही प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा भिड्ने तयारी गरेका छन् । शाह यमलाल कँडेल निकट हुन् भने शाही गोरखबहादुर बोगटी समूहका नेता हुन् ।

केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सर्वसम्मत तरिकाले नेतृत्व चएन गर्न दबाब दिएपछि भने नेताहरु सर्वसहमतिमा जुटेका हुन् । महासचिव पोखरेलले बिहीबार दिनभर सहमतिको प्रयास गरेका थिए । सहमति जुट्न नसकेपछि हिजो नै उनी काठमाडौं फर्किएको बुझिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);