प्रधानमन्त्रीको विदेश भ्रमण छोरी चिनाउने काममात्र भएको सांसद सिंहको आरोप | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

प्रधानमन्त्रीको विदेश भ्रमण छोरी चिनाउने काममात्र भएको सांसद सिंहको आरोप

काठमाडौं, १५ असोज । अमरेशकुमार सिंहले प्रधानमन्त्रीको विदेश भ्रमण छोरीलाई चिनाउने भन्दा बाहेक कुनै उपलब्धि नभएको बताउनुभएको छ । आईतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रतिनिधि सभा सदस्य सिंहले प्रधानमन्त्रीको भ्रमणबाट छोरीलाई चिनाउने बाहेक कुनै फाइदा नभएको टिप्पणी गर्नुभएको हो ।

उहाँले विश्वको कुनै पनि देशको सरकार प्रमुख १० दिन विदेशमा गएर नबस्ने भन्दै उहाँले प्रधानमन्त्री त्यतिका दिन विदेश बस्नुले नेपालमा प्रधानमन्त्रीको काम छैन भन्ने देखाएको बताउनु भयो । उहाँले व्यस्त प्रधानमन्त्री भएको भए एक, दुई दिनको मात्रै भ्रमण हुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘दुनियाँको कुनैपनि सरकार प्रमुखले कुनै देशमा गएर १० दिन बस्छ ? या ७ दिन बस्छ ? यसको अर्थ नेपालमा प्रधानमन्त्रीको काम छैन । प्रधानमन्त्री व्यस्त भएको भए एक, दुई दिनको भ्रमण हुन्छ । प्रधानमन्त्रीले के तिर्थयात्राको लागि गरेको हो भ्रमण ? तिर्थयात्राको लागि त धेरै नेपाली दाजुभाई घुमिरहेका छन् नि । त्यसको लागि प्रधानमन्त्रीको आवश्यकता हुँदैन नि । प्रधानमन्त्रीको फाइदा आफ्नो छोरीलाई चिनाउन पाउनुभयो । त्यसबाहेक के फाइदा भयो ?’

प्रतिनिधि सभा सदस्य सिंहले प्रधानमन्त्रीको चिन भ्रमणमा तिर्थयात्रा भएको भन्दै तिर्थयात्रा गर्न प्रधानमन्त्रीको आवश्यकता नभएको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);